Comments Add Comment

एनआरएन भवन निर्माणका लागि मलेसियामा ४८ लाख संकलन

Nrn-fund-raising-malaysiaक्वालालम्पुर । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि मलेसियामा कार्यरत नेपालीहरुले ४८ लाख रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको उपस्थीतिमा फेब्रुअरी २८ तारिख शनिवार क्वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले सो रकम संकलन गरेका हुन् ।

गैरआवासीय नेपाली संघ मलेसियाको आयोजनामा भएको सो कार्यक्रममा एनआरएन अध्यक्षले घलेले एनआरएन कार्यसमिति सदस्य, नेपाली ब्यबसायी, बुद्धिजीवी र समुदायका अगुवाहरुसँग छलफल गर्नुभएको थियो ।

मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जन मानसिंह बस्न्यातको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा, एनआरएनका सल्लाहकार एवं एशिया प्यासिफकका फण्ड रेइजिङ कमिटि प्रमुख त्रिलोक गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।

सो अबसरमा अध्यक्ष घलेले मलेसियामा कार्यरत श्रमिकका समस्याबारे चासो र चिन्ता ब्यक्त गर्दै अप्ठेरोमा परेका नेपाली कामदारको उद्धारका लागि गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावासवीच भएको सहकार्यको प्रसंसा गर्नुभयो ।

बिदेशमा कार्यरत नेपाली दाजुभाईको राहतका लागि आफ्नो अगुवाईमा बैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेको जानकारी दिँदै उहाँले मलेसियाजस्तो मुलुकका नेपाली दाजुभाई यो कोषबाट सवैभन्दा धेरै लाभान्वित हुने बताउनुभयो ।

काठमाण्डौमा आफ्नै भवन निर्माण गर्नु संसारभर छरिएर रहेका नेपालीको एकताको प्रतिक रहेको भन्दै अध्यक्ष घलेले यो अभियानमा साथ दिने मलेसियास्थित नेपालीलाई धन्यवाद दिनुभयो ।

‘हामीले मलेसियाबाट यति धेरै रकम जुट्ला भन्ने अपेक्षा गरेका थिएनौं’ अध्यक्ष घलेले भन्नुभयो-‘यहाँका नेपालीहरुको जाँगर र मेहेनतले हामीलाई निकै उत्साहित बनाएको छ ।’

सो अबसरमा मलेसियामा स्थापित नेपालका मुख्य दुई मनी ट्रान्सफर आईएमई र प्रभु मनी ट्रान्सफरले ७-७ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

योसँगै एनआरएन भवन निर्माणका लागि बिश्वभरका नेपालीले प्रतिबद्धता जनाएको रकम करिव १८ करोड पुगेको छ ।

गैरआवासीय नेपाली संघले झण्डै १३ करोडको लागतमा काठमाण्डौको बालुवाटारमा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बन्ने एनआरएन भवन निर्माणका लागि झण्डै २० करोड लाग्ने अनुमान गरिएको छ ।

भवनको शिलान्यास प्रधानमन्त्री सुशील कोइरालाले आगामी मार्च ९ तारिखमा गर्ने कार्यक्रम छ ।

एनआरएन बिल्डिङका लागि कस्ले कति सहयोग गरे हेर्नुहोस्

NRNA-BUILDING-FUND-650

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment