Comments Add Comment

सगरमाथा दिवसमा महिला आमन्त्रण फुटबल हुने

women-football

१७ फागुन, पोखरा । स्पोट्र्स फर अल क्लब, नेपालले आठौं सगरमाथा दिवसको अवसर पारेर पोखरामा ‘नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२९ मे  १९५३  मा पहिलो पटक तेजिड नोर्गे शेर्पा र एडमन हिरालीले सफल सगरमाथा आरोहण गरेको अवसरमा नेपालमा केहि बर्ष यतादेखि २९ मेलाई  सगमाथा दिवसका रुपमा मनाइदै आइएको छ ।

खेलकुद पर्यटन र विकासको अवधारणा अनुसार महिला फुटबलको विकासका लागि टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता २०७२ को जेठ ६ देखि १५ गतेसम्म पोखराको रंगशालामा  हुन लागेको  हो ।

स्पोट्र्स फर अलको आयोजना र महिला फुटबल समिति, कास्की, कास्की जिल्ला फुटबल संघ तथा कास्की जिल्ला आइस हक्की संघको समन्वयनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल र छिमेकी राष्ट्र भारतका गरि १० टिमको सहभागीता रहने आयोजक टिमका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

प्रतियोगिताका लागि त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरीको महिला टिम, मोरङ, सुनसरी रौतहट, काठमाडौं र पोखरा ११ महिला टिमलाइ आमन्त्रण गरिएको छ । त्यसैगरि भारतबाट कोलकत्ताको महिला लिग च्याम्पियन टल्टला दिप्ती र दार्जिलिङको महिला टिमलाई आमन्त्रण गरिएको शाहीले बताए ।

प्रतियोगिताको विजेता टीमलाई  १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कारको व्यवस्था  गरिएको छ । यसका साथै खेलाडीको प्रोत्सानका लागि अन्य पुरस्कारको समेत व्यवस्था गरिने शाहीले बताए । प्रतियोगिता सम्पन्न गर्न १८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment