Comments Add Comment

अर्थमन्त्री र योजना आयोगले टेरेनन् संसदीय समितिलाई

१७ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको विकास समिति र सुशासन तथा अनुगमन समितिको संयुक्त बैठकले अर्थमन्त्री, अख्तियार प्रमुख र योजना आयोगका उपाध्यक्षप्रति आपत्ति प्रकट गरेको छ ।
Rabindra Adhikari 650

  • विकास समितिका सभापति रविन्द्र अधिकारी

राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्न बोलाइएको बैठकमा उपस्थित नभएको भन्दै संसदीय समितिले आपत्ति जनाएको हो ।

अर्थमन्त्री रामशरण महत, योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की लगायतलाई आइतबारको बैठकमा बोलाइएको थियो । समितिका सदस्यहरुलाई उनीहरुले कुराएर राखे तर पछि नआउने जानकारी गराए ।
दुई समितिको संयुक्त बैठकको सभापतित्व ग्रहण गरेका सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले भने-‘उहाँहरुप्रति बैठक आपत्ति प्रकट गर्दछ, यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।’

बैठकमा राष्ट्रिय गौरवका आयोजनामा हालसम्म भएका प्रगति र कामकारवाहीमा भएको ढिलासुस्तीबारे छलफल गर्ने कार्यक्रम थियो । तर, सरकारका मुख्य सरोकारवाला निकायका प्रमुख नै उपस्थित नभएपछि बैठकले महत, कार्की र पोख्रेलप्रति खेद प्रकट गर्‍यो ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘मैले एक हप्ता अघिदेखि नै उहाँहरुलाई बैठकको लागि बोलाएको थिएँ तर आउनु भएन, यो जत्तिको गैरजिम्मेवारी के हुनसक्छ ?’

यसबाट सरकारी कामको ढिलासुस्ती र गैरजिम्मेवारपनको अवस्था कति छ भन्ने प्रष्ट हुने उनले बताए । ढिलासुस्ती गर्नेहरुलाई कारवाही गर्ने सरकारका मुख्य निकायका व्यक्ति नै अनुपस्थित हुँदा आफूलाई दुःख लागेको अधिकारीले बताए ।

बैठकमा केही मन्त्री र सचिवहरु भने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment