Comments Add Comment

‘म आफै जन्माउँछु, चलेका कलाकार चाहिदैन’ : छविराज ओझा

chabi-silpa-ana-aaryan
नायक आर्यन सिग्देल र नायिका शिल्पा पोख्रेलको साथमा निर्माता छविराज ओझा ।

चलचित्र ‘यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्र निर्माणमा हात हालेका निर्माता छविराज ओझाले दर्जनौ चलचित्र निर्माण गरिसकेका छन् । उनले  निर्माण गरेका अधिकांश चलचित्र हिट पनि हुन्छन् ।

उनै छविराज ओझाले अहिलेका नाम चलेका कलाकारसँग काम गरेका छैनन् । अहिलेका चल्तीका कलाकारले उनको चलचित्रमा काम गर्ने अवसर पाएका छैनन् । आखिर किन त, छविले भने-‘मलाई नाम चलेका कलाकार चाहिदैन । म आफै कलाकार जन्माउँछु र हिट बनाउँछु ।’

उनले आफूले विशेषगरि अरुले चलचित्र क्षेत्रमा ल्याएको कलाकार नलिने समेत बताए । छविले थपे-‘यो मेरो विशेषता हो कि म अरुले ल्याएको कलाकार लिन इच्छा गर्दिन । म आफैले जन्माउँछु र उसैलाई काम दिइरहन्छु ।’ उनले धेरै काम गर्न कलाकार लिएर पनि यहाँ कुनै अर्थ नरहेको खुलाए । भने-‘कुनै कलाकार आएर मलाई भनोस् कि, तपाई मलाई लिनुहोस्, तपाइको लगानी फिर्ता गरिदिन्छु । अनी मात्र म उसलाई लिन सक्छु । तर, यहाँ कलाकारको नामबाट चलचित्र नै चल्दैन भने किन लिनु नाम चलेका कलाकार ?’

उनले आफूले कलाकार जन्माएको बताए । आफूले जन्माएको कलाकारले आफूलाई ‘बा’ भन्ने गरेको भन्दै छविले भने-‘अरुले ल्याएको कलाकारले मलाई कहिले ‘बा’ भन्छन् त ? अनी म तिनीहरुमाथि किन लगानी गरौ ?

छविले आजसम्म राजेश हमाल, राजेन्द्र खड्गी, रेखा थापा, शिल्पा पोख्रेल, आर्यन सिग्देल, आयुष रिजाल लगायतका कलाकारलाई जन्माइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment