Comments Add Comment

स्विजरल्याण्डको डस्बिनमा फालिएको नेपाली चलचित्र

सोम बिक्रम सिंह
हुन त म सिनेमा पारखी होईन, यद्यपी बच्चा छँदा सिनेमा हेर्नुको मज्जा बेग्लै आउँथ्यो । सिनेमा हेर्न घरमा सम्भव थिएन, हलमा गएर हेर्नुपथ्र्यो । बिस्तारै-बिस्तारै नेपालमा भिडियो मार्फत सिनेमा हेर्ने चलन आएको थियो । हामी साथीभाई मिली भिडियो भाडामा लिएर हेर्ने गथ्र्यौ त कहिलेकाँही स्कूलबाट भागेर सिनेमा हल पुग्थ्यौं ।

‘सिन्दुर, जिवनरेखा, वसन्ती, के घर के डेरा’ आदि सिनेमा परिवारकासाथ हेर्न गएको थिएँ । ‘आमा, माईतीघर’ जस्ता सिनेमा त्यती बुझने नहुँदै पनि हेर्न गईयोे । त्यो ताका नेपाली सिनेमा त्यति धेरै बन्दैन पनि थिए । हिन्दी सिनेमा को नै बर्चस्व थियो ।

producerपछि पढ्नको लागि स्विजरल्याण्ड गएँ, उता गएपछि नेपाल, नेपाली र भाषाको धेरै सम्झना हुन्थ्यो ।  नेपालीहरु नदेख्दा कता कता खल्लो महशुश पनि हुन्थ्यो । बिश्वका बिभिन्न देशबाट आएका बिद्यार्थी सामु आफुलाई एक्लो महशुश गर्थे । सबैसँग अंग्रेजी भाषा, जर्मन तथा फ्रेञ्च भाषा, त्यताको रहनसहन र संस्कृतिमा भिज्दा आफनो मातृभूमी र मातृभाषा बिर्सिएला की जस्तो भान हुन्थ्यो । सगँसगै आफू यतै पो भाँसिने हो कि भन्ने पिर पनि लाग्थ्यो ।

बाजल भन्ने ठाउँमा काम गर्न जाँदा आफनो देशको सम्झनाले झनै सतायो । दिमागमा जुक्ती फिर्यो, नेपालबाट सिनेमा मगाएर हेरे नियास्रो कम होला । मैले आफ्नो घरबाट करिब ७/८ वटा नेपाली सिनेमाको भीसीडी कुरियर मार्फत मगाएँ । स्विसमा काम नगरी माम र बास नपाईने र आफ्नो नजिकको भन्नु नै काम र ब्यस्तता थियो । काममा लगाव, ब्यस्तता दुबै थियो । हप्तामा दुई दिनको छुट्टी पनि पाईन्थ्यो ।

ती छुट्टीमा आफनो घरायसी काम, महिनौ दिनको लागि सपिङ, सरसफाई, घुमघाम र मनोरञ्जनमै ब्यस्त भईन्थ्यो । कहिलेकाही राम्रो सिनेमाको प्रतिक्रिया सुन्ने बित्तिकै समय मिलाएर सिनेमा हेर्न जाने कार्यक्रम बनाईन्थ्यो ।

सिनेमा हेर्न जानको लागि समय मिलाउनुपथ्र्यो । त्यसमाथि सिनेमाको टिकट र खाजाको पैंसाको जोरजाम गर्न कठिन हुन्थ्यो । सिनेमा चित्त बुझेन भने समय र पंैसा ब्यर्थै जाने अर्को तनाव । बल्ल बल्ल छुट्टकिो सदुपयोग नहुनु अर्को रोष । पछि नेपाली सिनेमा कुरियरबाट प्राप्त भयो । बुवालाई मुरीमुरी धन्यवाद दिदै, सिनेमा हेरीसकेपछि कथा सुनाउने बाचा गरे । अब अर्को साताको छुट्टमिा आफ्नी साथीसँग बसेर नेपाली सिनेमा हेर्दै खुशी साटासाट गर्ने मिठो योजना बुने ।

बल्ल बल्ल त्यो दिन आईपुग्यो । बिहानैदेखि मासु भात तथा मःम बनायौं, स्विस वाईनलाई सितन होस् भनेर । स्विस ह्वाईट वाईन पिउँदै खाना तयार पार्न लाग्यौं ।  अनि मःम अगाडि राखेर त्यहाँको नामी रेडवाईन फोडयौं ।

धेरै समयदेखिको नेपाली सिनेमाको तृष्णा मेट्न ठूलै उत्साहकासाथ भीसीडी खोलेर लगायौं । वाईनको चुस्की लिदै सिनेमामा केन्दि्रत भयौ । त्यहाँका प्रत्येक शब्द, आवाज र दृष्य नछुटोस् भन्ने लाग्यो ।  तर सिनेमा ५ मिनेट हेर्दै जाँदा त्यती मन अडेन । झन् झन् सिनेमा अगाडि बढ्दै जाँदा सिनेमा हेर्ने रहर नै अमिलो भयो । कास्टिङ नै झुर भनेझै सिनेमाले सुरुदेखि नै मनोरञ्जन दिन सकेन । पछितिर राम्रो छ कि भनेर फरवार्ड गर्दै हेर्न थालियो । एक घण्टामै सातवटा सिनेमा हेरिएछ । नेपाली सिनेमा हेर्ने, रमाईलो गर्ने सपना त पानीमै गयो साथै महंगो वाईनको नशा पनि उत्रियो ।

सबै सिनेमा डस्बिनमा हालें । रिस उठ्यो सिनेमाका निर्माताप्रति । आफ्नो समय, पैसा र कुरियर पठाउँदा बुवाको परिश्रम खेर गयो । भन्ने कसलाई ! म र मेरी साथी फे्रस हुन सपिङ मल चाहार्न गयौ ।

उता चलन के थियो भने चारपाँच वटा नेपाली परिवार आफुले ल्याएको नेपाली सिनेमा साटासाट गरि हेर्ने । साथीहरुले मलाई नेपालबाट मगाएको सिनेमा देउन भनेर आग्रह गरे । मैले नकारे, समय बर्बाद हुन्छ भनेर । कर गर्न थालेपछि बाध्य भएर डस्बिनमा फालेको सिनेमामा लागेको फोहोर पुछ्दै झिकेर दिएँ । उनीहरुको पनि त्यही हालत फिर्ता दिन आए, भो अब फालिदेउ भनिदिएँ ।

पछि नेपाल फर्किए, कहिलेकाही समय पाएँ सिनेमा हेर्न जान्थे । एकदुईवटा नेपाली सिनेमा पनि हेर्न गईयो  । तर हलको साउण्ड प्रविधीले धोका दिँदा हेर्न मज्जै नआउने । तर सिनेमा र सेलिबे्रटीप्रतिको चाख, मानप्रतिष्ठा हेर्दा यसप्रति जोकोहि आकषिर्त हुने, त्यसमा म पनि परे ।
मेरो परम मित्र शिषिर शमसेर जबरा यस क्षेत्रमा लागेको २ दशक भईसकेको थियो । उबाट यो क्षेत्रका कुरा सुनेर मजा लिईन्थ्यो । सिनेमा बनाउने बारम्बार कुरा हुन्थ्यो तर आफ्नो बिगतको स्विसको घटना सम्भिmदा ह्या ब्यर्थको कुरा झै लाग्थ्यो ।

पाँच छ बर्ष अगाडि शिषिरले मलाई एउटा सिनेमाको स्त्रिmप्ट सुनायो । जसले मन साह्रै छोयो । बनाउनु पर्छ, लागत यती र उती लाग्छ भन्दा मनमा कता कता डर लाग्थ्यो । कसले हेर्ला र नेपाली सिनेमा भनेर । धेरै समय पश्चात शिषिरले आफनो फेसबुकको स्टाटसमा मैले सिनेमा बनाउने भए भनेर राखेको देख्दा खुशी लाग्यो र लाईक पनि गरें, फोनमा बार्तालाप पनि भयो । उसले तलाई एउटा सुहाँउदो रोल छ भन्यो र मैले जिस्केर दामी रोल देउ ओस्कार सम्म पुग्ने खाले भने ।

भोलीपल्ट फोनको घण्टी बज्यो, निर्देशक बबी भुपाल सिंहले भेट्न चाहने भनेर । गईयो, भेटियो, निर्देशकबाट हजुरले एउटा सानो रोल गर्नुपर्छ ‘माला’मा भन्ने कुरा आयो । मैले भने, स्त्रिmप्ट पहिले पनि सुनेको हो, फेरि पनि सुन्न कर गरें, ‘माला’का स्त्रिmप्ट फेरी सुनें ।

कथा मन परेकाले यसमा मैले लगानी पनि गरे र सानो भूमिका निर्देशकको आग्रहमा गरेको छु । मलाई विश्वस्त छु, यो चलचित्र मैले स्विजरल्याण्डमा हेरेर डस्बिनमा फालेका जस्तो बनेको छैन ।

(लेखक चलचित्र ‘माला’का निर्माता हुन् । यो उनको निजी विचार हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment