Comments Add Comment

रामेछापमा घरजग्गा कारोबारबाट सात महिनामा ६८ लाख राजस्व

रामहरि श्रेष्ठ

१७ फागुन काठमाडौं । रामेछापमा घरजग्गाको कारोबार गत वर्षको तुलनामा यो बर्ष बढ्ने अनुमान गरीएको छ । चालु आर्थिक वर्ष २०७१/७२ को सात महिनाको अवधिमा ६८ लाख ३२ हजार ४ सय ४० रुपैयाँ घरजग्गा रजिष्ट्रेशन बापत राजस्व संकलन भएको जिल्ला मालपोत कार्यालय रामेछापका सुब्बा उद्धव प्रसाद घिमिरेले जानकारी दिए ।

यस बर्ष २ ओटा नया नगरपालिका बनेकाले राजस्व संकलन बढ्ने अनुमान गरिएको हो । पोहोर कार्यलयले घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व १ करोड २५ लाख रुपौया संकलन भएको थियो । पोहोरको तुलना यस अर्थिक बर्षमा राजस्व संकलन बापतको रकम डेढ करोड नाग्ने कार्यलयको अनुमान छ ।

कार्यालयले चालु आर्थिक वर्षमा सेवा दस्तुर बापत १० लाख ६८ हजार ७ सय राजस्व संकलन गरेको छ भने पूजीँगत लापकर तर्फ २० हजार राजस्व जम्मा भएको घिमिरेले बताए । कार्यालयले प्रशासनिक शुल्क र पूर्जा बिक्रीबाट समेत राजस्व संकलन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment