Comments Add Comment

दुई ओभर, चार बलर

विश्वकप क्रिकेटमा श्रीलंका र इंग्ल्याण्डबीच वेलिङटनमा भएको खेलमा एक रोचक घटना भयो । इंग्ल्याण्डको पारीको क्रममा श्रीलंकाले दुई ओभरका लागि ओभरका लागि चार बलर प्रयोग गर्नु पर्‍यो ।

इंल्याण्डले टस जितेर ब्याटिङको निर्णय गर्‍यो । ४९ औं ओभरमा श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले रंगना हेराथको बल दिए । इंग्ल्याण्डका जोस बटलर र क्रिस वक्स क्रिजमा थिए ।

Rangana-Herath

ओभरको पाँचौं बलमा हराथले योर्कर बल फाले । तर, बलटरले बललाई जोडदार प्रहार गर्दै हेराथतिरै खेले । हेराथले बल रोक्ने प्रयास गरे । तर उनको औंलामा चोट लागेर रगत बग्यो ।

ओभर पुरा गर्न थिसरा परेरा बलिङमा आए ।

इंग्ल्याण्डको पारीको अन्तिम ओभर पुरा गर्न श्रीलंकाले दुई बलरको सहयोग लिनुपर्‍यो । सुरंगा लकमलले दोस्रो हाई फुलटस बल फालेपछि अम्पायरले उनलाई बलिङमा रोक लगाए ।

त्यसपछि अन्तिम दुई बलका लागि तिलकरत्ने दिलशानले बलिङ गरे ।

खेल श्रीलंकाले ९ विकेटले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment