Comments Add Comment

भारत पुगेर बाबुरामले भने-छोटे राजाहरुले शान्ति सम्झौता तोड्न खोजे

Baburam-Bhattrai-at-Mumbai
१७ फागुन, नयाँदिल्ली । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छोटे राजाहरु शान्ति सम्झौता तोड्न उद्दत रहेको बताए । राजतन्त्र अन्त्य भएपनि केही मान्छेहरुले आफूलाई छोटे राजाका रुपमा उभ्याउन खोजेका कारण सहमति नभएको उनले बताए ।

भारतको मुम्बईमा अखिल भारतीय नेपाली एकता मञ्चको सातौं सम्मेलनलाई सम्बोधन गर्दै एमाओवादी नेता भट्टराईले आफूहरु अहिले पनि सहमतिबाटै संविधान बनोस् भन्ने पक्षमा रहेको बताए ।

आफूहरु युद्ध र लडाईको पक्षमा नरहेको उनले बताए । उनले भने-हामीले शान्तिको झण्डा उठाउँदै गर्दा हाम्रो लतकतालाई कामजोरी ठानिँयो भने क्रान्तिको झण्डा उठाउन बाध्य हुनेछौं ।’

एमाओवादी नेता भट्टराईले हिजोका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई एकताबद्ध बनाउने र अग्रगामी, परिर्वतनकारी शक्तिहरुलाई साथमा लिएर जानुको विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment