Comments Add Comment

गभर्नर खतिवडाले भने- मेरो कार्यकालको मूल्यांकन होस्

Governer2१७ फागुन, दमौली । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा भएका कामको मूल्याङ्कन हुनुपर्ने बताएका छन् । आगामी चैत ६ गते उनको पाँच वर्षे कार्यकाल सकिँदै छ ।

‘मेरो कार्यकाल सकिनै लागेको छ, यस अविधमा राष्ट्र बैंकले गरेका कामको मूल्याङ्कन गर्दै राम्रा कामको आगामी नेतृत्वले नेतृत्वले अनुसरण गर्नुपर्छ ।’ आइतबार कास्की फाइनान्सको दमौली शाखा उदघाटन गर्दै खतिवडाले भने ।

यो पनि पढ्नुहोस- ज्यान मार्ने धम्की आयो : गभर्नर

आफूलार्इ वित्तीय प्रणालीमा कडाई गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै खतिवडाले भने- हामीले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नै वित्तीय प्रणालीमा कडाई गरेका हौं ।’ आफूहरुको उद्देश्य संस्थाहरू बचुन भन्ने भएकाले गलत काम गरेर संस्था मार्न खोज्नेलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने जानकारी दिए ।

खतिवडाले बैंक तथा वित्तीय संस्थाले झुक्किएर पनि नाफा छिटो कमाउने व्यवसायमा लगानी गर्न नहुने बताए । ‘घर जग्गा तथा सेयर कारोवारमा हिँजोको जस्तो गल्ती बैंकहरूले दोहोर्‍याउनु हुँदैन ।’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले दिएको निर्देशनमा रहेर लगानी गरेमात्रै वित्तीय क्षेत्रको सुदृढिकरणको अभियान सफल हुने खतिवडाको भनार्इ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment