Comments Add Comment

प्रचण्डको आरोपबारे बल्खुमा छलफल

१७ फागुन, काठमाडौं । नेकपा एमालेले शनिवार खुलामञ्चबाट ३० दलीय मोर्चाका नेताहरुले आफूविरुद्ध लगाएका आरोपलाई हताश मनस्थितिको संज्ञा दिएको छ ।

फाइल फोटो
फाइल फोटो

पार्टी केन्द्रीय कार्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटी बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डलगायतका विपक्षी नेताहरुले एमालेमाथि लगाएका आरोपबारे समीक्षा भएको हो ।

बैठकले विपक्षी मोर्चाका नेताहरूबाट एमाले विरुद्ध निराधार लाञ्छना र गालीगलौज गरेको भन्दै आपत्ति जनाएको छ । एमालेले यसलाई हताश मनस्थितिको उपज भनेको छ ।

‘हाम्रो पार्टीका विरुद्ध लगाइएका निराधार लाञ्छना तथा पार्टी नेतृत्वका विरुद्ध गरिएको गालीगलौजलाई हताश मनस्थितिको उपजका रूपमा विश्लेषण गरेको छ ।’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले विपक्षीका उत्तजेक अभिव्यक्ति र क्रियाकलापबाट विचलित नभई सम्वाद र सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ- सहमतिको प्रयासलाई जारी राख्दै छिटोभन्दा छिटो संविधान निर्माण गरी परिवर्तनका उपलव्धिलाई संस्थागत गर्ने सुनिश्चितताका लागि सबैखाले पहललाई अगाडि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment