Comments Add Comment

उद्योगीको दबावमा उखुको मूल्य नतोकिएको किसानको ठहर

१७ फागुन, काठमाडौं । उखुको मूल्य तोक्न सरकार र उद्योगीसँग पटक पटक भएका वार्तामा कुनै प्रगति नभएपछि किसानहरुले निर्णायक संघर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

ukhuउखु किसान संघर्ष समितिका अगुवा उमेशचन्द्र यादवले आइतबार विज्ञप्ति निकालेर निर्णायक संघर्षको लागि तयार रहन किसानहरुलाई आग्रह गरेका छन् ।

उखु किसानहरुले विगतको भन्दा यसपाली उत्पादन लागत १५ प्रतिशतले बढेकोले सोही अनुपातमा उखुको मूल्य तोक्न माग गरेका छन् ।

गत बर्ष प्रति क्विण्टल उखु ४७६ रुपैयाको दरले किसानहरुले उखु बिक्री गरेका थिए । उनीहरुले तत्काल नयाँ मूल्य तोक्न माग गरेका छन् ।

नेपालभर लगभग ५ लाख किसान परिवारको जनजिविकासँग प्रत्यक्ष सम्बन्ध रहेको उखु नगदे बालीका रुपमा भएपनि सरकारले मूल्य निर्धारण नगर्नु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि यही फागुन १४ गते मन्त्रिपरिषद बैठकले उद्योग मन्त्रालयलाई तत्काल उखुको मूल्य निर्धारण गर्न निर्देशन दिएको थियो ।

तर, उद्योगपतिहरुको प्रभावमा परेर उद्योग मन्त्रालयले मूल्य निर्धारण गर्न नसकेको किसानहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment