Comments Add Comment

नेपाल-भारत मोटर र्‍याली सोमबार मोरङमा अग्नी ग्रुपले स्वागत गर्ने

१७ फागुन, काठमाडौं । शुक्रबारदेखि भारतको पुरीबाट सुरु भएको नेपाल-भारत मैत्री मोटर र्‍याली सोमबार नेपाल प्रवेश गर्दै छ । र्‍यालीमा नेपाल र भारतबाट ४० वटा मोटर सहभागी रहेका छन् ।

महिन्द्र जीपबाट भइरहेको र्‍याली मोरङको जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्ने बताइएको छ । मोटर र्‍यालीलाई महिन्द्रा गाडीको नेपाली Nepal-india-Moter-Rallyबिक्रेता अग्नी ग्रुप, रोयल अटो इन्टरप्राइजेज तथा स्थानिय बासिन्दाहरुले स्वागत गर्नेछन् ।

सोमबार मोरङ आइपुग्ने र्‍याली काठमाडौं, पोखरा, लुम्बिनी हुँदै मार्च ८ तारिखमा धनगढी पुग्नेछ । मार्च ९ तारिखमा दिल्लीमा पुगेर र्‍याली समानपन हुने बताइएको छ ।

नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन, अग्नी ग्रुप र उडिसाको कालिङ्गा मोटर स्पोर्टस् क्लबको संयुक्त अयोजनामा भइरहेको मोटर र्‍याली १० दिनसम्म चल्नेछ ।

सुरुदेखि अन्त्यसम्म र्‍यालीले करिव २५ सय किलोमिटर यात्रा गर्नेछ । यस अवधिमा दुबै देशका मूख्य पर्यटकीय स्थलहरुमा पुगेर र्‍यालीले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

पहिलो चरणमा धरानदेखि धुलिखेलसम्म टाइम, डिस्टेन्स र स्पीड बेष्ड प्रतिस्पर्धा हुने अग्नी ग्रुपले जनाएको छ । बिजेतालाई ५० हजार भारतीय रुपैयाँ, मेड तथा सिल्ड प्रदान गरिने छ ।

अग्नी ग्रुपको स्थानिय डिलरले मोटर र्‍यालीलाई स्वागत तथा विदाई समारोह आयोजना गर्नेछन् ।

दुई चरणमा सम्पन्न हुने मोटर र्‍याली पहिलो चरणमा पुरीबाट सुरु भएर भुवनेश्वर, झारखण्ड, पटना, जोगवनी, विराटनगर, धरान, वर्दिवास, सिन्धुली, धुलीखेल हुँदै काठमाडौं आइपुग्ने छ ।

दोस्रो चरणमा त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाबाट सुरु भई मुग्लिन, पोखरा, तानसेन, बुटवल, लुम्विनी, कोहलपुर, धनगढी, महेन्द्रनगर हुँदै नयाँ दिल्लीमा पुगेर मोटर र्‍याली सम्पन्न हुने छ ।

मोटर र्‍यालीले जगन्नाथ, पुरी र पशुपति तथा बोधगया र लुम्बिनीलाई जोड्ने छ । पुरी र काठमाडौं शहर दुब तिर्थालुहरुका लागि प्रमुख केन्द्र मानिन्छन् ।

बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धत्व प्राप्त गरेको स्थल बोधगयालाई जोड्ने बुद्ध मार्गलाई समेत यस यात्राले विशेष महत्व दिने बताइएको छ ।

दुबै देशका धार्मिक तथा साहसिक पर्यटनलाई घनिभूत गराउने उद्देश्य र्‍यालीको छ । नेपाल-भारत सम्बन्ध जनस्तरदेखि प्रगाढ बनाउन, ड्राइभ जुरिजममार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न, मोटरिङको नयाँ गन्तव्य बनाउन, सडक सुरक्षाको सन्देश दिन र्‍याली सफल हुने विश्वास दुबै पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment