Comments Add Comment

आर्मी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

१७ फागुन, धरान । नेपाल आर्मी क्लब १७ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा पोखरा ११ कास्कीलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । टाइब्रेकरमा पोखराका उत्तम गुरुङ गोल गर्न चुके ।

यसअघि निर्धारित समयको खेलमा पोखराले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन ।  खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफको पहिलो मिनेटमा राकेश गुरुङले गोल गर्दै पोखरालाई अग्रता दिलाए ।

तर, धेरै बेर जोगाउन सकेन । ५३ औं मिनेटमा अमृत बस्नेतले आर्मीका लागि बराबरी गोल फर्काए । खेलको ७० औं मिनेटमा उत्तम गुरुङले गोल गर्दै फेरि पोखरालाई अग्रता दिलाए । 

तर, अतिरिक्त समयमा अमृतले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

अमृत बस्नेत म्यान आफ द म्याच घोषित भए । सोमबार एपीएफ र चुनाल्चु क्लब सिक्किम भारतबीच खेल हुनेछ ।
-मिलन बिछोडको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment