Comments Add Comment

चमत्कारी पट्टी-जो आफैले गर्नेछ घाउको उपचार

patti

कल्पना गर्नुहोस्, कुनै घाउमा लगाइएको पट्टी आफैले डाक्टरलाई फोन गर्यो भने के होला ?

अहिलेसम्म डाक्टर आफैले बिरामीको घाउलाई हेर्ने तथा चेकजाँच गरेर उपचार गर्ने गर्छन् । यो प्रक्रियामा डाक्टर, नर्सका साथै उपचारमा समय समेत खर्च हुन्छ । तर अब भविष्यमा यो सबै तुरुन्तै हुनेछ केवल एउटा स्मार्ट पट्टीको भरमा ।

अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो चमत्कारी स्मार्ट पट्टीको आविष्कार गर्दैछन् ।

शोधकर्ताहरुले उपचारको यस्तो पद्धतिमा काम गरिरहेका छन् जो विद्यमान उपचार पद्धतिभन्दा निकै सस्तो तथा कामयावी हुनेछ ।

यो स्मार्ट ब्याण्डेज अर्थात् पट्टीले घाउको अवस्था चेकजाँच गर्नसक्छ । पट्टीमा जडान गरिने सेन्सरले अक्सिजनको स्तर, अम्लपना तथा तापमानलाई निरन्तर अनुगमन तथा जाँच गर्दछ । यदि अवस्था प्रतिकुल बनेमा त्यसलाई ठीक अवस्थामा समेत ल्याउन सक्छ ।

पट्टीको पछाडिपट्टी लगाइएका कणमा उपचार सामाग्री तथा औषधि हुन्छन् । पट्टीमा हुने विशेष तापदायक तत्वको माध्यमबाट औषधि घाउसम्म आफै प्रवाहित हुन्छ । जब पट्टीमा लगाइएको प्लास्टरले अब उपचार जरुरी छ भन्ने सन्देश प्रवाहित गर्छ तब औषधि राखिएको ठाउँ आफै खुम्चिन्छ र औषधि घाउसम्म पुग्दछ ।

यसका साथै यो पट्टीले डाक्टरलार्य समेत सम्पर्क गर्दछ । यो ब्याण्डेजले डाक्टरको निगरानीमा रहेको एक रिमोट उपकरणमा सन्देश पठाउँछ । यदि घाउमा केही नयाँ जिवाणुको संक्रमण भयो वा घाउको अवस्था बिग्रियो भने पट्टीले रिमोट उपकरणमा पठाउने सन्देश मुताविक डाक्टर आफै उपस्थित भएर घाउको चेकजाँच र थप उपचार गर्न सम्भव हुन्छ ।

आउँदो दुइ वर्षमा यो पट्टीको व्यवसायिक उत्पादन सुरु गर्न सकिने शोधकर्ताहरुको दाबी छ । यदि यो सफल भएमा चिकित्सा विज्ञानमा साँच्चीकै नयाँ क्रान्ति आउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment