Comments Add Comment

एप्पलले ल्याउँदैछ १३ इन्चको आइप्याड प्लस, के के हुनेछन् फिचर्स ?

apple-23---a

आइफोन निर्माता एप्पलले ठूलो आकारको आइप्याड ल्याउने तयारी गरिरहेको छ । माइक्रोसफ्टको सर्फेस तथा एन्ड्रोइड ट्याब्लेटका कारण ट्याबलेटको बजारमा चुनौति खेप्नु परिरहेका बेला एप्पलले ठूलो आकारको आइप्याड प्लस बजारमा ल्याउने तयारी गरिरहेको हो ।

ठूलो आकारको आइफोन सिक्स प्लसका कारण आइप्याड र आइफोन झण्डै उस्तै आकारमा हुन पुगेपछि ठूलो आकारको आइप्याड बनाउन एप्पलमाथि दबाब सिर्जना भएको विश्लेषण गरिएको छ । यो वर्षको अन्त्य सम्ममा एप्पलले ठूलो स्क्रिन सहितको आइप्याड बजारमा ल्याउने विश्वास गरिएको छ ।

विश्लेषकहरुका अनुसार सन् २०१५ को अन्तिम त्रैमासिक अघिसम्म भने एप्पलले कुनै नयाँ भर्सनको आइप्याड ल्याउनेछैन । वर्षको अन्तिम त्रैमासिकमा आइप्याड प्लस बजारमा ल्याउने योजना एप्पलको रहेको दाबी गरिएको छ ।

apple-23

एप्पलका सिइओ टिम कुकले गएको जनवरीमा एप्पललको एक सम्मेलनका बेला आइप्याडको भविष्यका विषयमा बोलेका थिए । समयको लामो परिधिमा एप्पलले राम्रो व्यवसाय गर्न सफल भएकेा भन्दै कुकले नयाँ आइप्याड बजारमा ल्याउने विषयमा आफ्नो प्रष्ट दृष्टिकोण तथा राम्रो सोचाइ अवश्य भएको बताएका थिए ।

एप्पलको नयाँ आइप्याण्डमा १२.९ इन्चको स्क्रिन तथा टू के रिजोलुसन हुनेछ । यो आइप्याण्ड ७ मिलिमिटर मोटाइको रहनेछ ।

चिनिया नेटवर्किङ साइड वेइबोले केही समयअघि सार्वजनिक गरेको लिक्ड तथ्य अनुसार आइप्याड प्लसको तौल ७ सय ग्राम हुनेछ भने यसमा ११ हजार मिलि एम्पियरको ब्याट्री रहनेछ । ब्याट्री क्षमताको हिसाबले आइप्याड एयर टू भन्दा यो निकै उच्च हुनेछ । एयर टू मा ७३ सय ४० मिलि एम्पिएरको ब्याट्री रहेको छ ।

यसमा ४ वटा स्पिकर, दुइवटा चार्जिङ पोर्ट रहने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment