Comments Add Comment

मोबाइल वर्ल्ड कंग्रेसमा के-के आउँदैछन् १० नयाँ चिज ?

स्पेनको वार्सिलोनामा हरेक वर्ष हुने मोबाइल वर्ल्ड  कंग्रेस ट्रेड शो मा दशौँ हजार पत्रकार, विश्लेषक तथा व्यवसायीहरुको घुइँचो लाग्ने गर्छ । मोबाइल प्रविधिको सबैभन्दा ठूलो व्यापार प्रदर्शनीको रुपमा रहेको मोबाइल वर्ल्ड  कंग्रेस पछिल्ला वर्षहरुमा उपभोक्ता केन्दि्रत प्रदर्शनी भन्दा पनि व्यवसाय केन्द्रित पूर्वाधार घोषणाको मेला बन्न थालेको छ । तर यो वर्ष भने मोबाइल वल्र्ड कंग्रेस भने फरक ढंगको हुने र धेरै मोबाइल कम्पनीहरुले आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गर्ने बताइएको छ ।

के-के आउँदैछन् त यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा ? यी नयाँ दश चिज मुख्य रहनेछन्ः

samsung

१. सामसुङका दुइ नयाँ फोन- अघिल्लो वर्षजस्तै सामसुङले आइतबार विशाल प्रेस इभेन्टको आयोजना गर्दैछ । सामसुङले यो पत्रकार सम्मेलनमार्फत दुइ नयाँ फोन सार्वजनिक गर्दैछ । एउटा ग्यालेक्सी एस सिक्स र अर्को घुमाउरो किनारा सहितको ग्यालेक्सी सिक्स एज । सामसुङले सरप्राइजको रुपमा अरु नयाँ प्रडक्ट पनि सार्वजनिक गर्ने सम्भावना छ ।

Htc

२. एचटीसीको नयाँ फोन- एचटिसीले पनि आइतबार नै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । जहाँ उसले नयाँ स्मार्टफोन One M9 वन एम नाइन सार्वजनिक गर्नेछ । अघिल्लो वर्षको एम एटको नयाँ संस्करणको रुपमा एम नाइन रहनेछ । यसका साथै मोबाइल वल्र्ड कंग्रेसमार्फत एचटीसीले फिटनेस पहिरन कम्पनी अण्डर आर्मर सँगको सहकार्यबाट सिर्जित नयाँ केही उपलब्धीका साधन समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

firfoxos1

३.मोजिल्लाको फायरफक्स अपडेट- मोजिल्लाले आफ्नो फायरफक्स अपरेटिङ सिस्टम प्लेटर्फमको नयाँ उपलब्धी सार्वजनिक गर्न मोबाइल वर्ल्ड कंग्रेसको फोरम नै प्रयोग गर्दै आएको छ । यो वर्ष पनि आफ्नो फायरफक्स ओ एस मा मोजिल्लाले केही अपडेट ल्याउनेछ ।

watch

४. एलजीको स्मार्ट घडी- एलजीले गएको जनवरीमा जी फ्लेक्स टू स्मार्टवाच सार्वजनिक गरेको थियो भने स्मार्टफोनको नयाँ संस्करण पनि सार्वजनिक गरिसकेको छ । यो मेलामा एल जीले आफ्नो अर्बेन एलटीइ वेब अपरेटिङ सिस्टमको स्मार्ट वाच सार्वजनिक गर्दैछ ।

micro-tel

५.माइक्रोसफ्टको नयाँ प्रडक्ट- सोमबार आयोजना गर्ने पत्रकार सम्मेलनमा माइक्रोसफ्टले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गर्नेछ । यो पटकको मोबाइल वर्ल्ड कंग्रेसमा माइक्रोसफ्टले दुइ मध्यम मूल्यका विन्डोज फोन सार्वजनिक गर्नेछ । जसमा ५ इन्चको लुमिया ६४० र केही ठूलो आकारको लुमिया १३३० रहनेछन् ।

google

६. गुगलको भाषण- यद्यपि गुगलले विगतदेखि नै मोबाइल वर्ल्ड कंग्रेसमार्फत कुनै नयाँ कुरा सार्वजनिक गर्ने गरेको छैन । तथापि यो वर्षको कंग्रेसमा सोमबार गुगलका प्रडक्ट प्रमुख सुन्दर पिचाइले ४५ मिनेट लामो भाषण गर्दैछन् । त्यसक्रममा उनले गुगलका केही नयाँ प्रडक्ट तथा प्रयासहरुका बारेमा खुलासा गर्ने अनुमान गरिएको छ ।

soney

७. सोनीको ट्याब्लेट- सोनीले प्रायः आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने अवसरको रुपमा कन्जुमर इलेक्ट्रोनिक शो को उपयोग गर्ने गर्छ । यद्यपि यो पटक भने सोनीले मोबाइल वर्ल्ड कंग्रेसमा आफ्ना जी फोर ट्याब्लेट सार्वज्निक गर्दैछ । निकै पातलो डिजाइनको यो ट्याब्लेटका साथै सोनीले केही मध्यम तथा सस्तो मूल्यका स्मार्टफोन समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

new-moto

८. मोटोरोलाको सस्तो फोन- मोटोरोलाले यहीँ हप्ता आफ्नो टू जी फोन मोटो इ सार्वजनिक गर्यो । त्यसैले यो वर्षको मोबाइल वर्ल्ड कंग्रेसमा उसले अरु नयाँ प्रडक्ट सार्वजनिक नगरिकन मोटो इ लाई नै प्रचार गर्नेछ ।

blackberry
९. ब्लाकबेरीले सुनाउनेछ भविष्यको योजना- पछिल्ला महिनाहरुमा ब्लाकबेरीले आफ्नो डिभाइस लाइनअपलाई पुनर्ताजगी वा रिफ्रेस गर्ने काम गरिरहेको छ र सन् २०१४ को अन्यतिर पासपोर्ट तथा क्लासिक ह्याण्डसेट बजारमा ल्यायो । यो पटकको मोबाइल वल्र्ड कंग्रेसमा ब्लाकबेरीले आफ्नो भविष्यको उपकरण निर्माणको योजनाको विषयमा जानकारी गराउनेछ । यसका लागि ब्लाकबेरीले मंगलबार प्रेस इभेन्टको आयोजना गर्दैछ । ब्लाकबेरीले आफ्नो टचस्क्रिन स्मार्टफोनको योजना यो सम्मेलनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

valve

१०. भल्भको आश्चर्यजनक उत्पादन- अमेरिकी भिडियोगेम निर्माता कम्पनी भल्भ यो पटकको मोबाइल वर्ल्ड कंग्रेसमा डार्क हर्स हुनेछ । यो सम्मेलनमा भल्भले आफ्नो टाउकोमा राख्न सकिने भर्चुअल रियालिटी गिएर सार्वजनिक गर्दैछ । भल्भको यो प्रडक्टसँग सहकार्य गर्न मोबाइल कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment