Comments Add Comment

श्रीमतीलाई ‘माया गर्दिन’ भन्नु पनि ‘हिंसा’, श्रीमानले तिरे क्षतिपूर्ति

sex life

के तपाईंले कहिलेकाहीँ घरझगडामा श्रीमतीलाई माया गर्दिन भनेर बचन लगाउनुभएको छ ? त्यसो भए होसियार हुनुहोस् किनकी तपाईंलाई अदालतले सजायँ दिन सक्छ ।

हालै टर्कीमा एक पुरुषलाई यस्तै अभियोगमा सजायँ सुनाइएको छ । श्रीमान-श्रीमतीवीच भएको झगडामा श्रीमान्ले आफुलाई मायाँ गर्दिन भन्दै बचन लगाएको भनी श्रीमतीले अदालतमा उजुरी दिएपछि त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

डेलि सबाह दैनिकका अनुसार श्रीमतीलाई मायाँ गर्दिन भनेर श्रीमानले ‘भावनात्मक हिंसा’ गरेको न्यायाधीशले ठहर गरेका छन् ।

तल्लो अदालतले उनीहरु दुवै जना खराव रहेको भन्दै फैसला गरेको भएपनि सर्वोच्च अदालतले पुरुषले महिलामाथि हिंसा गरेको ठहर गरेको छ ।

अदालतको आदेशअनुसार अब श्रीमानले म तिमिलाई माया गर्दिन भनेबापत क्षतिपूर्ति तिर्नुपर्ने छ ।

श्रीमान्ले भने श्रीमतीले पनि आफुलाई भावनात्मक रुपमा चोट पुर्‍याएको दावी गरेका छन् ।

उनीहरु दुवै जना सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि प्रकृया अगाडी बढाएका छन् । डिभोर्स भए पनि श्रीमानले श्रीमतीलाई म तिमीलाई माया गर्दिन भने बापत क्षतिपूर्ति तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment