Comments Add Comment

कुख्यात बाल यौनदुराचारीलाई सात वर्षको कैद, पीडितलाई १० लाख क्षतिपूर्ति

१८ फागुन, काठमाडौं । क्यानाडामा कारबाहीबाट उन्मुक्ति पाएका कुख्यात बाल यौनदुराचारी अर्नेस्ट फेनविक म्याकइन्टोसलाई सात वर्ष कैदको सजाय भएको छ । ललितपुर जिल्ला अदालतले अप्राकृतिक मैथुन मुद्दामा उनलाई सात वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनारायण कुँवरको इजलासले आइतबार म्याकइन्टोसलाई दोषी ठहर गरेको हो । मुद्दा दायर भएको ४८ दिनमै फैसला भएको हो । म्याकइन्टोस एक महिनादेखि नख्खु जेलमा रहेको नयाँ पत्रिकामा खबर छ ।

सन् १९७० देखि बाल यौनदुराचार अपराधमा संलग्न म्याकइन्टोस क्यानाडामा दुई वर्ष जेल परेर छुटेका थिए । पुरानो घटना भएको र बलियो प्रमाण नभएको भन्दै उनलाई त्यहाँको अदालतले छाडिदिएको थियो । श्रीलंका, भारतलगायतका देशमा पनि उनले यौनदुराचार अपराध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment