Comments Add Comment

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त, मन्त्रीले समस्या मात्रै देखाए

१८ फागुन, काठमाडौं । सरकारले ‘राष्ट्रिय गौरवका’ भनेर घोषण गरेका आयोजनाहरुको प्रगति सुस्त छ । घोषित २१ आयोजनामध्ये कतिपयको प्रगति त शून्य छ । सरकारले बजेट बक्तव्यमार्फत लगानी तथा प्रतिफल र राष्ट्रिय दृष्टिले महत्वपूर्ण मानेका आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गरेको थियो ।

संसदको विकास समितिले तयार पारेको प्रतिवेदन अनुसार चालू वर्षमा चार आयोजनाको प्रगति शून्य छ । आर्थिक वर्ष ०६८/६९ बाट सुरु गरिएका कुनै पनि परियोजना सम्पन्न नभएको नयाँ पत्रिकामा खबरछ ।

मन्त्रीले समस्यामात्रै देखाउँछन्

विभागीय मन्त्रीहरु राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न नहुनु र लक्ष्यअनुसार प्रगति नहुनुको समस्या मात्रै देखाउने गरेका छन् । नीतिगत समस्याका कारण आयोजनाको प्रगति नभएको मन्त्रीको भनाई छ ।

त्यस्तै अन्तरमन्त्रालय समन्वयको अभाव, मुआब्जाको समस्या, बजेट तथा सार्वजनिक खरिद कानुनको अप्ठ्यारो, संसदीय समितिहरुको निर्देशनले अवरोध लगायतले राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री विमलेन्द्र निधिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment