Comments Add Comment

रियल मड्रिडको उपाधि यात्रामा भिल्लारियलको धक्का

Real-madrid-vs-Villarreal

१८ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले लिग लिडर रियल मड्रिडको उपाधि यात्रामा धक्का दिएको छ ।

आइतबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई १-१ को बराबरीमा रोकेको छ । यससँगै रियल मड्रिडले दोस्रो स्थानमा रहेको बार्सिलोनासाग ४ अंकको दुरी कायमै राख्नै मौका गुमाएको छ ।

रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पहिलो हाफ गोलरहित बराबरी खेल्यो । तर, ५२ औं मिनेटमा एलिक बेलीले क्रिष्टियानो रोनाल्डोलाई फल गरेपछि घरेलु टोलीले पेनाल्टी पायो ।

रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । तर, ६४ औं मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियलका लागि बराबरी गोल फर्काए । खेलमा दुबै टोलीले केही अबसर पाए पनि गोल गर्न सकेनन् र बराबरी खेल्दै अंक बाँड्यो ।

बराबरीपछि रियल मड्रिडको २५ खेलबाट ६१ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५९ अंक छ । बार्सिलोना र रियल मड्रिड मार्च २२ मा भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment