Comments Add Comment

विपक्षीले चाहे तत्काल सरकारमा सामेल गराउँछौं-मन्त्री सिंह

१८ फागुन, इलाम । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विपक्षी दलहरुले आन्दोलन छाडेर सरकारमा आउन चाहे तत्काल सामेल गराउने बताएका छन् ।

Prakasmanनेपाल प्रेस युनियन इलामले इलाममा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सिंहले देशमा शान्ति स्थापना गर्न, समयमै संविधान जारी गर्ने आधार तय गर्न तथा सहमतिका लागि विपक्षीदलहरु तयार भए उनीहरुलाई तत्काल सरकारमा सहभागी गराउन सकिने बताए ।

संवादका लागि सरकार तयार रहेको भन्दै मन्त्री सिंहले सहमतिका साथ अघि बढ्न आफूहरु तयार रहेको बताए । उनले भने-‘सहमतिका लागि सरकार विपक्षीदलहरुसँग छलफल गर्न तयार छ, सरकारमा उहाँहरुलाई सामेल गराउँदा जारी राजनीतिक गतिरोध अन्त्य भई संविधान जारी गर्ने अवस्था आउँछ भने उहाँहरुलाई सरकारमा ल्याउन हामी तयार छौं ।’ संविधानसभामा जारी प्रक्रियालाई स्थगित गरेर भने वार्ता नहुने सिंहले बताए ।

एमाओवादी शान्ति प्रक्रिया पछि पनि सरकारको नेतृत्वमा पुगेको भन्दै मन्त्री सिंहले प्रचण्ड र बाबुरामले सरकारको नेतृत्व गर्दा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसकेको भन्दै त्यही काम अहिलेको सरकारले गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment