Comments Add Comment

भारत शान्ति प्रक्रियाको हिस्सेदार हो : बाबुराम

prachanda-baburam

१८ फागुन, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले भारत पनि नेपालको शान्ति प्रक्रियाको एक हिस्सेदार भएको बताएका छन् । सरोकारवाला हुनुको नाताले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भारतले सकारारत्मक भूमिका खेल्नुपर्ने डा. भट्टराईको भनाइ छ ।

‘भारत शान्ति प्रक्रियाको एउटा ‘स्टेक होल्डर’ हो र एक प्रमुख, महत्वपूर्ण छिमेकी हो,’ भारत भ्रमणमा रहेका बेला हिन्दुस्तान टाइम्सका लागि प्रशान्त झालाई दिएको अन्तरवार्तामा एमाओवादी नेता डा. भट्टराईले भने, ‘भारतमा सन् २००६ मा जुन शान्ति प्रक्रिया सुरु भएको थियो, यसलाई टुङ्याउन भारतले सकारात्मक भूमिका खेल्छ भन्ने आशा छ ।’

भारतको समेत साझेदारीमा सुरु भएको नेपालको शान्ति प्रक्रियालाई निश्कर्षमा नपुर्‍याउँदा भारतलाई समेत त्यसको असर पर्न सक्ने डा. भट्टराईले बताए ।

यद्यपि नेपाल एउटा सार्वभौम र स्वतन्त्र देश भएकाले नेपालको समस्या नेपालीहरु आफैंले समाधान गर्ने भट्टराईले स्पष्ट पारे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पूर्व सरकारले लिएको नेपालसम्बन्धी नीतिलाई निरन्तरता दिने विश्वास समेत एमाओवादी नेता डा. भट्टराईले व्यक्त गरेका छन् ।

एमाओवादी नेता डा. भट्टराई मुम्वईमा आयोजित प्रवासी नेपालीहरुको सम्मेलन उदघाटनका लागि शनिबार भारत गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment