Comments Add Comment

लुम्बिनीमा मिलनको स्लोली स्लोली…

aaaa
लुम्बिनी । चर्चित साहित्यकार सरुभक्त र संगीतकार शम्भुजीत वास्कोटाले च्याबु्रङ बजाएका छन् । नेपाल सांगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय साँस्कृतिक मेला-२०७१’ मा उनिहरुले च्याब्रुङ बजाएर कार्यक्रमको सुरुवात गरेका थिए ।

जनकपुरवाट सुरु भएको मेला लुम्बिनीमा पुगेर समापन गरिएको छ । नेपालको विविध सँस्कृति मुलुकभर फैलाउन मेला आयोजना गरिएको नेपाल नाट्य तथा सँगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बताए ।

उपकुलपति बास्कोटाको विविध संगीतको महत्व दर्शाउन जनकपुर र लुम्बिनीमा कार्यक्रम गरिएको भनाई थियो । आईतबार लुम्बिनीमा विविध कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गायिका जुनाई प्रसाईले चलचित्र प्रेमपि्रण्डको गीत गैरी खेतको तिरै हान्यो… गीत गाएकी थिईन् । यस्तै अर्की गायिका मिलन अमात्यले श्लोली श्लोली…र गाला रात्तै गाईन् । झुमा राईले सुदुरपूर्वको हाक्पारे गाउँदा दर्शकले तालीले साथ दिएका थिए ।

कार्यक्रममा सत्यराज आचार्य र स्वरुपराज आचार्यको बेजोड प्रस्तुती रह्यो । सत्यराज आचार्यले जहाँ छन बुद्धका आँखा…गीत गाउँदा दर्शकहरुले बुद्धको जन्मभूमिवासी भएकोमा गौरब लागेको महसुस गरे ।

स्वरुपराज आचार्यले मर्ने कसैलाई रहर हुँदैन…, यि आँखामा तिमी छौ…गाउँदा दर्शक निकै रमाएका थिए । अर्का गायक सँजय तुम्रोकले यो गाउँको ठिट्टो म…गाँउँदा तन्नेरी देखि बुढासम्म नृत्य गर्न पछि परेनन् ।

कार्यक्रममा प्रस्तुत गरिएको लोक नृत्यले दर्शकलाई मेची देखि महाकालीसम्मको स्वाद चखायो । सुदुरपश्चिमको हुड्केली नृत्य, नेवार समुदायको लाखे नाँच, तामाङ सेलो, थकाली नृत्य प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment