Comments Add Comment

रणबीरले भनेः म त बच्चै छु

Ranabir
मुम्बई । कट्रिना कैफसँग डेटिङमा रहेका रणबीर कपुरले आफु अझै बच्चै भएको बताएका छन् । ‘म ३२ वर्षको भएा तर, अझै बच्चै छु जस्तो लाग्छ ।’ एजेन्सीसँग कुरा गर्दै उनले भने ।

त्यसो भए बिबाह कहिले त ? संवाददाताले सोधेको प्रश्नको जवाफ दिंदै उनले परिपक्क भएपछि मात्रै बिबाह गर्ने कुरा गरे । कट्रिनासँगको सम्बन्धको विषयमा उनि अझै खुल्न चाहेनन् ।

उनले यति मात्रै भने ‘मैले अहिलेसम्म बिबाहको विषयमा कुनै निर्णय गरेको छैन, जब मेरो पार्टनरले बिबाहको लागि आफुलाई योग्य ठान्छ अनि मात्रै बिबाह गर्छु ।’

कुनै वेला दीपिका पादुकोणसँग डेटिङमा रमाएका रणबीरले पछिल्लो समय कटि्रना कैफसँग मगनी गरेको समेत हल्ला छ । तर, उनको परिवारले अहिलेसम्म मगनी भएको स्वीकारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment