Comments Add Comment

ऋतिकको फिल्म १२५ करोडमा बिक्री

Reetik
मुम्बई । अभिनेता ऋतिक रोशनको मुख्य भुमिका रहेको ‘मोहनजोदडो’ प्रदर्शन अघि नै १२५ करोड रुपैयामा बिक्री भएको छ ।

यस फिल्ममा ऋतिकको साथमा नवोदित अभिनेत्री पूजा हेग्डेले अभिनय गरेकी छिन् । सन २०१६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको उक्त फिल्म महंगो मुल्यमा बिक्री भएपछि निर्देशक गोवारीकरले राहतको महसुस् गरेका छन् ।

आशुतोष गोवारिकरको निर्देशनमा निर्माण भएको उक्त फिल्मलाई युटिवीले किनेको हो । निर्देशक गोवारीकर र अभिनेता ऋतिकको दोस्ती निकै राम्रो छ ।

गोवारीकरकै निर्देशन रहेको ‘जोधा अकबर’ मा ऋतिकले अकबरको भुमिका निर्वाह गरेका थिए । ऐतिहासिक पृष्ठभुमीमा निर्माण भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो उपस्थिती जनाउन नसकेपनि ऋतिकको अभिनयले भने तारिफ बटुलेको थियो ।

बलिउडमा थोरै फिल्म खेलेर पनि चर्चामा आउने नायकको रुपमा चिनिन्छन् ऋतिक रोशन । कहो ना प्यार हैवाट फिचर फिल्ममा प्रवेश गरेका ऋतिकले कोई मिल गया, काईट्स, धुम लगायतका फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment