Comments Add Comment

धरानमा ‘मिस लिम्बु’

miss-limbu
धरानमा सुरु भएको मिस लिम्बुको पहिलो चरणको अडिशनबाट १०  जना प्रतिस्पर्धी छानिएका छन् । आईतबार भएको पूर्वाञ्चल छनोटमा स्मेना अवाजुङप, सुजु सेरेङ चोङ्वाङ, मनिता साँवा, ऋचा सेनेहाङ, अनिसा बोखिम, अञ्जना इवाहाङ, आङसाङ इस्पो, कल्पना इस्पो, इसिका थेगिम र लक्ष्मी इस्पो चयन भएका छन् ।

अडिसनमा आयोजक याक्थुङ युथ एसोसिएसनका अध्यक्ष विश्वराज साम्याङ्खाम, गीतकार मिना सिंगक, मुन्धुमविद् भरत सुब्बा, कलाकार प्रेम सुब्बा, कलाकार भिष्मा चेम्जोङ, व्युटिसियन भारती सुब्बा, बराह ज्वेलरी इन्डष्ट्रि प्रालिका सहायक शाखा प्रमुख पूर्णकुमार कालीकोटे, मिस लिम्बुकी सेकेन्डरनरअप ताजेङ लिम्बु र मिस वेष्टस्किन रेखा फागो मुल्यांकनकर्ताको रुपमा थिए ।

फागुन २२ गते काठमाडौंमा दोस्रो अडिसन हुने आयोजकले जनाएको छ । पूर्व र काठमाडौं अडिसनबाट छानिएका सहभागीहरुलाई कोरियोग्राफर युगल पोमूले एक महिनाको प्रशिक्षणपछि चैत तेस्रो साता काठमाडौंमा फाईनल प्रतिष्पर्धा हुनेछ । प्रतियोगीताका विजेतालाई नगद ५० हजारसहित ताज, फस्टरनर अपलाई ३० हजार र सेकेन्डरनर अपलाई नगद १५ हजारसहित विभिन्न उपहार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment