Comments Add Comment

बोल्ड दृष्यका लागि रेखासँग टिप्स लिएकी थिईन् मल्लिकाले

mallika

मुम्बई । हिन्दी फिल्म ‘डर्टी पोल्टिक्स’ मा केही गरमागरम दृष्य दिएकी अभिनेत्री मल्लिका शेरावतले त्यस्ता दृष्यका लागि रेखासँग टिप्स लिएको बताएकी छिन् ।

‘डर्टी पोल्टिक्स’ मा उनले ओमपुरीसँग केही अन्तरंग दृष्य दिएकी छिन् । आफु भन्दा सिनियर मान्छेसँग बोल्ड सिन दिनुपर्दा केही अप्ठयारो लागेको महसुस् गरेकी मल्लिकाले अभिनय गर्नु अघि ओम पुरीसँगै सल्लाह गरेकी थिईन् ।

‘मलाई ओम पुरी जस्ता सिनियर कलाकारसँग बोल्ड सिन दिन निकै अप्ठयारो लागेको थियो, अभिनय गर्नु अगाडी उहासँगै सल्लाह गरें ।’ उनले भनिन् ।

मल्लिकाले अभिनयको वारेमा जिज्ञासा राखेपछि ओम पुरीले पुरानो फिल्म ‘आस्था’ मा रेखासँग यस्तै प्रकृतिको अभिनय गरेको जानकारी दिएका थिए । पुरीसँग सल्लाह गरेपछि मल्लिाकाले आस्था हेरेर केही टिप्स लिएकी थिईन् ।

‘आस्था मैले पहिला पनि हेरेंको थिँए, ओमपुरीसँग सल्लाह गरेपछि पुनः फिल्म हेरें र अभिनय गरें ।’ मल्लिकाले भनिन् । उक्त चलचित्रमा राजनीतिज्ञको भुमिका निर्वाह गरेकी मल्लिका यो फिल्मलाई अन्य फिल्म भन्दा फरक रहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment