Comments Add Comment

काठमाडौं-तराई फास्ट ट्रयाक सरकार आफैंले भए पनि बनाउँछ : अर्थमन्त्री

Arthamantari१८ फागुन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले काठमाडौं-तराई द्रतमार्गको निर्माणलाई आफ्नै स्रोतबाट पनि सञ्चालनमा ल्याउने बताएका छन । रामेछापको मन्थलीमा आयोजित जिल्ला विकास परिषदका निर्णय सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताए ।

उनले अर्थतन्त्रको जग राम्रोसँग हालिएका कारणले अहिले यसको आकार ठूलो भएको र तामाकोशी जलविद्युत, सिक्टा सिंचाई जस्ता ठूला परियोजनाहरु नेपालले आफ्नै स्रोतबाट सञ्चालन गर्न सकेको जानकारी दिए ।

‘काठमाडौं-तराई द्रुतमार्गको टेण्डर भैसकेको छ । यस आयोजनामा विदेशी सहयोग वा लगानी जुट्न सकेन भने सरकारले आफ्नै स्रोतबाट पनि सञ्चालनमा ल्याउनेछ ।’ महतले भने- उर्जाको व्यवस्था हुनासाथ लगानी ओइरिन थाल्छ । त्यसैले सरकारले उर्जालाई उच्च प्राथमिकतामा राखी साहसिक निर्णयहरु गरिरहेको छ ।

उर्जा प्राथमिकतामा परेकोले छिमेकी देश भारतबाट प्राप्त सहयोगमध्ये ५० प्रतिशत उर्जामा र बाँकी सिंचाई तथा सडकमा प्रयोग गरिने उनले जानकारी दिए ।

मध्यपहाडी सडकलाई रामेछापको सेलेघाट र साँघुटार छोएर लगिने भएकोले सडक सञ्जालले सबैतिरबाट पहुँच दिइएको जिल्लामा कृषि, पर्यटन र जलविद्युतको थप संभावनाको ढोका खुलेको उनको भनाई थियो । अर्थमन्त्रीले भौगोलिक विविधता भएकोले नेपालले जडिबुटी र कृषि उपजको निर्यात गरी प्रचूर लाभ लिनसक्ने बताए ।

‘नेपालको पानीको एकथोपा पनि पुँजी निर्माण नभै सिमानाबाहिर जान दिनु हुँदैन’ उनले भने- सुन खानीभन्दा पनि मूल्यवान पानीको सदुपयोग गर्नेमा राजनीतिकरण गरिनु हुँदैन ।’ अहिलेसम्म संभावनाको १ प्रतिशत पनि विद्युत उत्पादन हुन नसकेको उल्लेख गर्दै महतले यसलाई सदुपयोग गर्न सरकारले तदारुकता देखाएको छ । यसमा अवरोध गरिनु भनेको आर्थिक अपराध भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment