Comments Add Comment

प्रत्यक्षतर्फका सभासले साढे तीन करोडका योजना बाँडे

१८ फागुन, इलाम । इलामबाट प्रत्यक्षतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने तीनजना सभासद्ले तीन करोड ४५ लाख रूपैयाँ बजेटको विकास योजना बाँडफाँड गरेका छन् ।

प्रत्यक्षतर्फका सभासद् नेकपा९एमाले०का वरिष्ठ नेता झलनाथ खनाल, सभामुख सुवास नेम्वाङ र नेपाली काँग्रेसका केशव थापाले संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त बजेट पाँच दर्जनभन्दा बढी योजनामा बाँडफाँड गरेका हुन् ।

बजेटनिर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त हुने तीन करोड रूपैयाँबाट २७ वटा योजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । उक्त बजेटबाट चार लाख ५० हजार रूपैयाँ प्रशासनिक खर्च कटाएर अन्य सबै रकम विकास योजनामा बाँडफाँड गरिएको स्थानीय विकास अधिकारी मदन कोइरालाले जानकारी दिए ।

जिविसका अनुसार सभासद् खनालले फिक्कल रिङरोडका लागि रु ३० लाख, श्रीबुङ समालबुङ हुँदै अम्विटार जाने सडकका लागि १२ लाख, नर्बु किराँत स्मृति खेलमैदान, चिसापानी हुँदै कटुसे जोड्ने सडक, हाँसपोखरीमा अर्किड संरक्षण, अन्तुपोखरी सुधार र मानव सेवा क्लबको भवन निर्माणका लागि रु १०/१० लाख र देउराली गोर्खे सडकका लागि आठ लाख बजेट बाँडफाँड गरेका छन् ।

सभामुख नेम्वाङले जितपुर पिल्पी भञ्ज्याङ खानेपानी आयोजनाका लागि १७ लाख, साकफारा दशमी सडकका लागि १५ लाख, पारुहाङ खेलमैदान बाँझोका लागि १३ लाख, चुलाचुली मोटरबाटो तथा कल्भर्ट निर्माणका लागि १२ लाख, दशमी आमचोक रवी सडकका लागि १० लाख, इनपा-३ पुवाखोला इन्टेक साङरुम्वा सडकका लागि नौ लाख, दानाबारी महमाई लारुम्वा सडकका लागि आठ लाख ५० हजार, सटके साङरुम्वा सिद्धिथुम्का सडक, फुएँतप्पा-९ आङचेरे सडक र धुसेनी देउमाई दोभान गजुरमुखीसम्म सडकका लागि रु आठ/आठ लाखका दरले बजेट बाँडफाँड गरेका छन ।

सभासद् थापाले बिक्री सुलुबुङ जमुना सडकका लागि १५ लाख, फाकफोक खोला चुहानडाँडा ठिङ्गेपुर दोभान सडकका लागि १३ लाख ५० हजार, बाघखोर चमैता फलाँटेसम्म र बाघखोर आलुबारी देउराली सडकका लागि १२/१२ लाख, इनपा-७ महभिर जाने सडकका लागि १० लाख, शान्तिडाँडा पैरेभञ्ज्याङ पञ्च उमाविसम्मको सडकका लागि आठ लाख, इनपा-७ अर्चलेसम्म, माईपोखरी देउराली माईमझुवा, बरबोटे सुम्वेक रुलुक प्याङ, नयाँबजार शङ्खाबुङ हुँदै गोर्खेधाप सडकका लागि सात/सात लाखका दरले बजेट बाँडफाँड गर्नु भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सभासद्ले अधिक रकम सडक निर्माणमा बाँडफाँड गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै सभासद्हरुले संसद् विकास कार्यक्रमअन्तर्गत पाउने १५/१५ लाख पनि अधिकरुपमा सडकमा विनियोजन गरेका छन् । यस कार्यक्रमअन्तर्गत प्रत्येक सभासद्ले ५० हजारदेखि बढीमा पाँच लाखसम्मका एक दर्जन योजनालाई बजेट बाँडफाँड गरेको जिविसले जनाएको छ । समानुपातिकतर्फका चार सभासद्ले छ दर्जनभन्दा बढी योजना पेस गरेको जिविसले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment