Comments Add Comment

चिलिमे जलविद्युत्को मर्मत सुरु

१७ फागुन, रसुवा । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा जडान भएका उपकरण मर्मत सुरु गरिएको छ ।

चिलिमे जलविद्युत् केन्द्रका प्रमुख राजकुमार बलालका अनुसार विद्युत् गृहमा जडान भएका उपकरण संरक्षणका लागि मर्मत सुरु गरिएको हो । एघार एघार मेगावाटका दुई टर्बाइनमध्ये विद्युत् प्रवाहलाई निरन्तरता दिन पहिलो चरणमा एक टर्बाइनको मर्मत भइरहेको छ । दुवै टर्बाइनको यही फागुन २५ गतेभित्र मर्मत भइसक्ने प्रमुख बलालले बताउए ।

विसं २०६० मा जडान भएको विद्युत् उपकरणको समयानुकूल मर्मतमा विशेष ध्यान दिइएका कारण विद्युत् उत्पादनले निरन्तरता पाएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment