Comments Add Comment

सरकारको ‘सुरक्षा चुनौती’ मा प्रचण्डदेखि सिके राउतसम्म

१८ फागुन, काठमाडौं । सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनदेखि विप्लव माओवादी, कमल थापा र सीके राउतसम्मलाई सुरक्षा चुनौतीको सूचीमा राखेको छ ।

prachanda in khulamanch

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले लिखितरुपमा १२ बुँदे सुरक्षा चुनौती र समस्या पेश गरेका छन् ।

सुरक्षा चुनौतीको पहिलो नम्बरमा एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनलाई राखिएको छ । सुरक्षा चुनौतीको कारण उल्लेख गर्दै गृहमन्त्रीले भने-‘संविधान जारी गर्ने सम्वन्धमा राज्य पुनःसंरचना लगायतका केही विषयमा विमति रहेका कारण एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको विरोध कार्यक्रमहरु जारी रहनु ।’

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभाबाट संविधान जारी हुन नदिने समूहसँग पनि सरकारविरुद्ध गठवन्धन गरेकाले सुरक्षा चुनौती बढेको सरकारले बताएको छ ।

बैद्य र विप्लव माओवादी, लिम्बुवानका विभिन्न समूहका गतिविधिलाई पनि सरकारले सुरक्षा चुनौतीमा राखेको छ ।

कट्टर हिन्दुवादी र राजवादीहरुको क्रियाकलाप भन्दै सरकारले कमल थापा, खुमबहादुर खड्का, शिव सेना नेपाललाई पनि सूचीकृत गरेको छ । उनीहरुको गतिविधि मुलुकभर बढ्दै गएको र यसले सुरक्षा चुनौती बढेको गौतमले बताए ।

सरकारले जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानले तराईका भूमिगत समूहसँग सहकार्यको प्रयास गरेको संकेत देखिएको समेत बताएको छ । मातृका यादव समूह र अखण्ड सुदूरपश्चिमका साथै सेवा केन्द्र खोल्ने सरकारको निर्णयको पक्षमा र विपक्षीमा बारा, सुनसरी लगायतका जिल्लामा भएका गतिविधि सुरक्षा चूनौतीको सूचीमा छ ।

सिके राउतलाई कानून अनुसार कारवाही

CK-rautगृहमन्त्री गौतमले विखण्डनकारी नारासहित सिके राउतको गतिविधि तराईमा बढेको बताए ।

उनले भने-‘यो देश टुक्राउन पर्छ । नेपाललाई देश नै नमान्ने भन्दै घटना घटाउँछ भने कानून अनुसार नियन्त्रण गर्नुपर्छ’ संसदीय समितिमा गृहमन्त्री गौतमले भने ।

आफूले भनेको अनुसार संविधान भएन भनेर कानुन उल्लंघन हुन्छ भने त्यसलाई पनि कानुन अनुसार नै नियन्त्रण गर्ने गृहमन्त्रीले बताए ।

विपक्षीले भने-शाहीकालका गृहमन्त्रीको झल्को आयो

Ramjanam-chaudharyराज्य व्यवस्था समितिको बैठकमा ३० दलीय मोर्चामा आवद्ध फोरम लोकतान्त्रिकका रामजनम चौधरीले गृहमन्त्रीको आरोपको खण्डन गरे ।

दोष सबै प्रतिपक्षलाई थुपारेर सरकार उम्कन खोजेको भन्दै उनले भने-‘ग्यास छैन प्रतिपक्षले गर्दा, भ्रष्टाचार बढ्यो प्रतिपक्षले गर्दा भन्ने जस्तो गर्नुभो ।’

२०६२/६३ को आन्दोलनका बेला तत्कालीन गृहमन्त्रीले पनि यस्तै ब्यवहार देखाएको भन्दै उनले भने-‘अहिलेका गृहमन्त्री ज्यू त्यसबेला हामीसँगै आन्दोलनमा थियौं । अहिले उहाँको रवैया त्यसबेलाको गृहमन्त्रीको जस्तै देखियो ।’

गृहमन्त्रालयले तयार पारेको सुरक्षा चुनौती सूची

Secutary threat list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment