Comments Add Comment

सरकारले मधेसमा जम्मू कश्मीरजस्तै गर्न खोज्योः अमरेश

Amresh Kumar

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले सरकारले मधेसलाई पुलिस प्रशासनको बलमा चलाउन खोजेको आरोप लगाएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा सिंहले भारतले जम्मू कश्मीरलाई सेनाको बलमा चलाएजस्तै नेपाल सरकारले मधेसमा गर्न खोजेको बताए ।

‘भारतले जम्मू कश्मीरमा १३ लाखमध्ये साढे ५ लाख सेना परिचालन गरेको छ,’ सिंहले भने, ‘हाम्रो सरकारले पनि मधेसमा त्यसको कपी गरेको छ ।’

सत्तारुढ दल कांग्रेसका सभासद सिंहले प्रहरी प्रशासनको भरमा समस्या समाधान गर्न सकिन्छ भन्ने मानसिकता सरकारमा देखिएको बताए ।

मधेसमा काहिँ समस्या देखियो भने सरकारले पुलिस पठाएर दबाउने गरेको उनले आरोप लगाए ।

मधेसमा सशस्त्र हतियारधारीहरुको भन्दा राननीतिक ठूलो समस्या भएको भन्दै उनले अपराधिक र राजनीतिक समूह छुट्याउन आग्रह गरे । सिंहले सरकारले आफ्नो काम देखाउन समस्या सिर्जना गर्ने र फेरि पुलिस पठाएर दबाउने गरेको बताए ।

सेवा केन्द्र विस्तार र नगरपालिका घोषणा त्यसको उदाहरण भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment