Comments Add Comment

एसिड पीडित किशोरीले सहयोग गरेनन्ः गृहमन्त्री

Bamdev-Gautem

१८ फागुन, काठमाडौं । गृहमन्त्री वामदेव गौतमले एसिड आक्रमणका पीडित किशोरीहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन् ।

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा उपस्थित गृहमन्त्री गौतमले एसिड आक्रमणको घटनामा संलग्नलाई छिट्टै कारवाही गर्ने बताए ।

तर, पीडित किशोरीहरुले कसैसँग रीसइवी नभएको र आशंका नभएको भनेर गृह प्रशासनलाई असहयोग गरेको गृहमन्त्रीको गुनासो थियो ।

प्रहरी प्रशासनले आफूले प्राप्त गरेको सूचनाका आधारमा अपराधीको खोजी गरिरहेको भन्दै उनले छिट्टै पक्राउ गर्ने र कडा कारबाही गर्ने बताए ।

मन्त्री गौतमले निजी क्षेत्रले सञ्चालन गरेको ट्युसन सेन्टरदेखि क्याटरिङसम्म सीसीटीभी अनिवार्य राख्ने व्यवस्था गर्न समितिले निर्देशन दिन मागसमेत गरेका छन् ।

गृहमन्त्रीसँगको छलफलपछि समितिले एसिड आक्रमणमा संलग्नलाई छिटो पक्राउ गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment