Comments Add Comment

पशुपतिमा ‘लुटेरा’ निखिल, निशालाई प्रियंकाको चुनौती

lutera
कलाकार छान्दा-छान्दै निर्माता गोपाल कायस्थले बल्ल आफ्नो चलचित्र ‘लुटेरा’को छायांकन सुरु गर्न सकेका छन् । उनको यो चलचित्रको आज काठमाण्डौका पशुपति मन्दिरमा शुभसाइत गरिएको छ । नेकपा एमालेका सभासद् तथा चलचित्रकर्मी रामबिर मानन्धरले क्ल्याप ठोकेर चलचित्रको शुभसाइत गरेका हुन् ।

यो चलचित्रलाई सुरुवातमा सविर श्रेष्ठले निर्देशन गर्ने लगभग पक्का थियो । चलचित्रमा नायिका रेखा थापाले काम गर्ने तय गरिएको थियो । तर, अन्तिम समयमा आउँदा निर्देशक र नायिका नै परिवर्तन भएका छन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्दैछन् ।

चलचित्रमा मुख्य भूमिकामा निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हषिर्का श्रेष्ठ देखिनेछन् । चलचित्रमा अब नायिका प्रियंका कार्कीलाई पनि थपिएको छ । एक गीत र केही दृश्यमा प्रियंकाले अभिनय गर्ने निर्माता कायस्थको भनाई छ । प्रियंका थपिएपछि अर्की नायिका अधिकारीका लागि चुनौती पनि थपिएको छ । चलचित्र बजारमा प्रियंकाको आगमनपछि निशाको बजार क्रेज घटेको विश्लेषण पनि नभएको होइन ।

चलचित्रलाई पूर्णतया एक्सन कथामा ढालिएको छ । चलचित्रको छायांकन आजैबाट सुरु भएको छ । आज नायक सविन श्रेष्ठले निशा अधिकारीसँग मिलेर पहिलो सर्ट दिएका छन् । चलचित्रको छायांकन काठमाण्डौ र विरगञ्जमा हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment