Comments Add Comment

सर्वदलीय बैठक बोलाउन कमल थापाको माग

kamal thapa

१८ फागुन, बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेको अवरोध हटाउन र देशलाई निकास दिनका लागि तत्काल सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गरेका छन् ।

बिराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानसभामा सहभागिता जनाउने दलहरुको सर्वदलीय बैठक बस्नुपर्ने बताएका हुन् ।

नेता थापाले सत्ता पक्षमा दम्भ र प्रमुख प्रतिपक्षमा सत्ता लोलुपता देखिएकाले मुलुक गम्भीर संकटको चक्रब्युहमा फसेको बताए ।

थापाले मुलुकमा राजनीतिक सम्वादहीनताको अवस्था सिर्जना हुनुमा वाह्य शक्तिको समेत हात रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment