Comments Add Comment

संसदीय समिति बहिस्कार गर्दैनौं : फोरम लोकतान्त्रिक

फाइल फोटो
फाइल फोटो

१८ फागुन, बिराटनगर । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संसदीय समितिको बैठक बहिस्कार गरिहरेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतकले सोमबार राज्य व्यवस्था समितिको बैठकमा सहभागिता जनाएका छन् ।

विजय गच्छदार नेतृत्वको दलका प्रमुख सचेतकसमेत रहेका नेता रामजनम चौधरीले सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागिता जनाएका हुन् ।

विपक्षी मोर्चाले संसदीय समिति बहिस्कार गर्ने निर्णय गरेका बेला तपाई किन उपस्थित हुनुभएको भन्ने प्रश्नमा चौधरीले संसदीइ समिति बहिस्कार गर्ने आफ्नो पार्टीले निर्णय नगरेको बताए ।

‘संविधानसभा बैठकमा नजाने भन्ने मात्रै हो, चौधरीले भने, ‘व्यवस्थापिका संसदका समितिहरुको बैठक बहिस्कार गर्ने हामीले भनेका छैनौं ।’

संविधानसभाले प्रक्रिया अगाडि बढाएपछि विरोध जनाउँदै आएको एमाओवादीले व्यवस्थापिका संसदका समितिहरुको बैठक समेत बहिस्कार गर्दै आएका छन् ।

बैठक बहिस्कारको नीतिका कारण एमाओवादीको अध्यक्षता रहेका सार्वजनिक लेखा समिति र अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिको बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment