Comments Add Comment

प्रशंसा पाएको ‘अझै पनि’लाई झरीको असर

फाइल फोटो
फाइल फोटो

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘अझै पनि’लाई हेर्ने अधिकांश दर्शकले राम्रो भनेका छन् । नेपाली मौलिकता बोकेको चलचित्र भनेर प्रशंसा पाएपनि ‘अझै पनि’लाई आइतबारदेखि निरन्तर परिरहेको झरीले असर गरेको छ ।

आइतबार र सोमबार निरन्तर झरी पर्दा दर्शक हलसम्म पुग्न अप्ठ्यारो परेको देखिन्छ । चलचित्र हेर्ने चलचित्रकर्मीदेखि दर्शकले आलोक नेम्वाङले एउटा मिठो कोशेली छाडेर गएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रको व्यापार सोचेजस्तो हुन नसकेपनि माउथ पब्लिसिटी शक्ति बन्ने अपेक्षा गरिएको थियो । तर, दर्शक हलसम्म पुग्न नै वाधा भएपछि प्रशंसाले पनि काम खासै गर्न नसकेको देखिन्छ । एउटा उत्कृष्ट नेपाली मौलिक चलचित्र बनेको भन्दै यसको प्रशंसा भैरहेको छ ।

सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्तले मुख्य भूमिकामा काम गरेको यो चलचित्रलाई पूनम गौतम र सुदर्शन थापाले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment