Comments Add Comment

जलबिन्दु चेतनाका लागि डाक्टरको कन्सर्ट

nima-rumba
‘लेट्स मेक  डिफेन्स, लेट्स मेक  म्युजिक’ भन्ने नाराका साथ जलविन्दु सम्बन्धी जनचेतना फैलाउने र आर्थिक अवस्था कमजोर भएका मुलुक भित्रका जलविन्दु लागेका बालबालिकालाई  सहयोग गर्ने उद्देश्यका साथ रष्टी नेल्स ब्याण्डको चौथो च्यारिटी कन्सर्ट सम्पन्न भएको छ ।

काठमाडौको दरबारमार्गस्थित सिटी म्यूजियमको प्राङ्गणमा आयोजना भएको कन्सर्टमा निमा रुम्बाले आफ्नो सांगीतिक प्रस्तुती दिएका हुन् । concert

पहिलो, दोश्रो र तेश्रो कन्सर्टबाट उठेको नौ लाख दुई हजार पाँच सय रुपैँया ब्याण्डका सदस्य डा. सुमन थापाले तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेका छन् । रष्टी नेल्स काठमाडौं बेस ब्लु ज्याज ब्याण्ड हो । जसमा युवराज क्षेत्री (भोकल र लिड गिटार), हेमराज क्षेत्री (भोकल, ड्रमर) , स्योन (वास गिटार) र डा.सुमन थापा (भोकल, रिदम गिटार, हारमोनिका) छन् ।

डा. थापाले जलविन्दु सम्बन्धी रोग लागेका बालबालिकाहरुका लागि आउँदा महिनाहरुमा पनि निरन्तर च्यारिटी कन्सर्ट गर्ने जानकारी दिएका छन् । कन्सर्टमा अंग्रेजी र नेपाली गरेर २० वटा गितहरु प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment