Comments Add Comment

उद्घाटनमा व्यस्त पूर्व मिस नेपाल सदिक्षा

sadixya
मिस नेपाल भएपछि मोडलिङ वा चलचित्रमा अभिनय गर्ने लहर देखिन्छ । तर, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ भने अहिलेसम्म कुनै भिडियो वा चलचित्रमा देखिएकी छैनन् । बरु, उनलाई विभिन्न सोरुम, ब्यूटी पार्लरदेखि विभिन्न ब्रान्डका सामाग्री उद्घाटनमा ज्यादा देखिन्छ ।

हालै मात्र सदिक्षा दरबारमार्गमा खुलेको एक कस्मेटिक सोरुमको उद्घाटनमा देखिइन् । उनले रिबन काटेर सोरुमको उद्घाटन गरिन् । साइशा ट्रेडिङ इम्पेक्सले आफ्नो पहिलो मल्टिब्राण्ड कस्मेटिक सोरुमको उद्घाटन सदिक्षाको हातबाट गराएको हो ।

यो स्टोरमा महिला तथा पुरुष दुबैलाई हुने बडी सप, लोरियल र मेविलाइनका सौन्दर्य, छाला तथा कपालका साथै मेकअप सम्बन्धी सामाग्रीहरु उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment