Comments Add Comment

समानान्तर संविधानसभाको कल्पना गरेकी छैन : उपसभामुख

१८ फागुन, काठमाडौं । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्ती मगरले समानान्तर संविधानसभा बैठक बोलाउने आफूले कल्पना नगरेको बताएकी छन् ।

Onsari-Gharti
फाइल फोटो

एमाओवादी अध्यक्ष प्रचण्डले दोस्रो चरणको आन्दोलनका क्रममा समान्ततर सरकार र संविधानसभा चलाउने चेतावनी दिइरहेका बेला माओवादी नेतृ समेत रहेका उपभामुखले आफूले यस्तो कल्पना नगरेको बताइन् । तर, उनले माघ ८ पछि संविधानसभाले चालेको कदममा आफ्नो समर्थन नरहेको समेत बताइन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उपसभामुख घर्तीले संविधानसभा अध्यक्ष र उपाध्यक्ष कुनै दल विशेषको नभई साझा बन्न सक्नु पर्ने बताइने । उनले भनिन्-संविधानसभा अध्यक्ष पनि कुनै पार्टीको उम्मेदवार हो । उहाँले बाध्यतामा परेर त्यस्तो गर्नु भयो होला तर, हामी साझा बन्न सक्नुपर्छ ।’

उपसभामुख घर्तीमगरले अहिलेसम्म आफूले समानान्तर संविधानसभाको कल्पना नगरेको स्पष्ट पारिन् ।
उनले भनिन्-‘हामी कुनै एक कित्तामा लाग्ने कुरा खराव स्थिति हो । त्यस्तो सोच्दा पनि नसोचौं । म कुनै पनि ध्रुबमा सहभागि छैन । तटस्थ भएर भूमिका निर्वाह गरिरहेको छु ।’

यद्यपि पेलेरै जाने स्थिति आयो भने आफूले विकल्पमा सोच्ने बताइन् । जनयूद्ध र शान्तिपूर्ण आन्दोलनमा रहेका शक्तिहरुबीच सहमतिका लागि सबैले सहयोगी भूमिका खेल्नु पर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment