Comments Add Comment

लाठी भाटा बोकेर हिँड्नु गुण्डागर्दी हो : एमाले सभासद

१८ फागुन, काठमाडौं । सिंहदरबार परिसरमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा लाठी र भाटाका विषयमा गर्मागर्मी बहस भयो । विपक्षी नेताहरुले एमालेले विगतमा गरेको व्यवहार स्मरण गरे ।

yagraj-sunuarबैठकमा नेकपा एमालेका सभासद यज्ञराज सुनुवारले सडक आन्दोलनका क्रममा एमाओवादी कार्यकर्ताले निकालेको भाटा जुलुसलाई गुण्डागर्दीको संज्ञा दिए ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा सभासद सुनुवारले भने-‘लाठी भाटा बोकेर सडकमा हिँड्नु राजनीतिक होइन, गुण्डागर्दी हो ।’

विपक्षी सभासदहरुप्रति संकेत गर्दै उनले जनताको करबाट तलवभत्ता खाने अनि जनताका समस्याबारे छलफल गर्ने संसदीय समिति बहिस्कार गरेर सडकमा लाठी बोकेर हिँड्न नपाइने बताए ।

राज्य व्यवस्था समिति मिनि संसद भएको भन्दै उनले यसबारे ३० दलीय मोर्चाको ध्यानाकर्षण गराउन समेत बैठकमा माग गरे । हालै जिल्ला जाँदा साना विद्यार्थी नानीहरुले कहिले बन्छ संविधान भनेर गीतमार्फत प्रश्न गरेको र आफूले आफू ‘हाननीय’ नभई माननीय भएको उनले बैठकमा सुनाए ।

विपक्षीको जवाफ- रेलिङ भाँच्दै हिँडेको बिर्सिनुभो ?

बैठकमा उपस्थित ३० दलीय मोर्चामा आवद्ध फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले एमाले सभासद सुनुवारलाई जवाफ दिए ।

Ramjanam-chaudharyउनले विगतमा संसदमा एमालेले सभामुखको कोट च्यातेकोदेखि रेलिङ भाँचेको घटना सम्झाए । चौधरीले भने-‘साथीले सभामुखको कोट च्यातेको, सडकमा रेलिङ भाँच्दै हिँडेको बिर्सिएजस्तो लाग्यो, हामी यो हदमा गएका छैनौं ।’

संविधानसभामा भएको तोडफोड सुनियोजित नभएको भन्दै चौधरीले त्यसका लागि कांग्रेस र एमालेले नै विपक्षीलाई उत्तेजित पार्ने काम गरेको बताए ।

प्रतिपक्षीको एक्लो प्रतिनिधिका रुपमा प्रस्तुत भएका सभासद चौधरीले राज्य व्यवस्थामा संविधान निर्माण कसरी गर्ने भन्नेबारे छलफल गर्ने कि सरकारको कामकारबाहीबारे भन्दै सत्तारुढ दललाई प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment