Comments Add Comment

स्वाइन फ्लुको औषधी सात हजार ट्याब्लेट स्टक छः स्वास्थ्यमन्त्री

१८ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वाइन फ्लुको उपचारको लागि डेढ महिनालाई पुग्ने औषधी स्टोकमा रहेको बताएका छन ।

Khagraj-Adhikariरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा मन्त्री अधिकारीले भने-‘अहिले हामीसँग साढे सात हजार ट्याब्लेट छ, केही दिनमै १० हजार पुग्छ । बाँकी आवश्यक औषधी दिन डब्लुएचओले प्रतिबद्धता ब्यक्त गरिसकेको छ ‘ ।

उनका अनुसार मन्त्रालयले सबै सरकारी र निजी अस्पतालहरुलाई स्वाइन फ्लु विरामीको उपचार गर्न आइसुलेसन वार्ड बनाउन निर्देशन दिईसकेको छ । पाटन अस्पतालमा भने पाँच बेडको आईसुलेसन वार्ड सञ्चालनमा आइसकेको छ ।

काँकडभिट्ठा देखि कञ्चनपुरसम्म तालिम प्राप्त प्राविधिकहरुसहित हेल्थ डेस्कको स्थापना गरिसकिएको भन्दै उनले देशभरीका २५ स्थानबाट संकलन भएका नमुनाहरु जनस्वास्थ्य प्रयोगशाला र पाटन प्रयोगशालामा परिक्षण गर्न सकिने बताए ।

स्वाईन फ्ल नेपालको लागि नयाँ रोग नभएको भन्दै उनले डराउनु नपर्ने बताएइ। अघिल्लो वर्ष ३ सय जनामा यो रोग देखिएकोमा यसवर्ष ४३ जनामात्रै रहेको भन्दै उनले भने-‘यो रोगको मृत्यू दर एक प्रतिशत मात्रै छ । रुघा लाग्ने वित्तिकै स्वाइन फ्लु भन्नु आवश्यक छैन ।’

उपचारको क्रममा मोडल अस्पतालमा मृत्यू भएकी महिला निमोनियाको फ्लोअप विरामी रहेको जानकारी दिँदै स्वाथ्यमन्त्री अधिकारीले दुबै लिभर कमजोर भईसकेकी उनलाई स्वाइन फ्लुले छिटो असर मात्र गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment