Comments Add Comment

नेपाल-फिलिपिन्स चेम्बर गठन, आर्थिक व्यवसायीक सम्बन्ध बढ्ने अपेक्षा

NPCCI-Nepal-2
१८ फागुन, काठमाडौं । नेपाल र फिलिपिन्स बिचको आर्थिक तथा व्यवसायीक सम्बन्ध बढाउने उद्देश्यसहित नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिज (एनपीसीसीआई) स्थापना गरिएको छ ।

फिलिपिन्स दूतावास दिल्लीका बाणिज्य काउन्सिलर जोन पउल र नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्य दूत सुरज वैद्यले एनपीसीसीआईको सोमबार काठमाडौमा औपचरिक उद्घाटन गरे । रोजेलीना बुढाथोकीको अध्यक्षतामा स्थापित संस्थामा पाँच जना कार्यकारी बोर्ड सदस्यहरु रहेका छन् ।

‘वैदेशिक लगानी भित्राउन सरकारले गरेको प्रयासलाई निजी क्षेत्रले सधै समर्थन गर्दै आएको छ’ वैद्यले भने- ‘एनपीसीसीआईको स्थापनासँगै नेपालीहरुलाई फिलिपिन्समा रहेका सम्भावित लगानीकर्तासँग सिधै सम्पर्क गर्ने बाटो खुल्ला भएको छ ।’

नेपाल र फिलिपिन्सबीचको सम्बन्ध इतिहास देखि असल मित्रको रुपमा रहँदै आएको छ । दुबै मुलुकले एउटै एशियाली संस्कृतीमा आधारित हुँदै एकापसमा मूल्य मान्यताहरु आदान-प्रदान गर्दै आएका छन्

NPCCI-Nepal

एनपीसीसीआईमा व्यक्ति, उद्योगी, व्यवसायी तथा पेशाकर्मीहरु सहभागी रहेका छन् । यो संस्था सन् सन् २०१४ मा स्थापना भएपनि औपचारिकता सोमबार पाएको हो ।

संस्थाका उद्देश्यहरु

गैर नाफामूलक यस संस्थाले नेपाल र फिलिपिन्सबीच द्धिपक्षिय व्यापार तथा प्रविधि हस्तान्तरणमा सहकार्य गराउने छ । साथै, नेपाली र फिलिपिनो उद्योगी, व्यापारी, अर्थशास्त्री र अन्य पेशाकर्मीबीच सम्पर्कलाई बढवा दिने छ ।

दुई देशका उद्योगी व्यवसायीलाई परामर्श सेवा प्रदान गर्न, आर्थिक, औद्योगिक र व्यवसायीक क्षेत्रमा अनुसन्धान गर्न तथा सान्दर्भिक डाटा तथा सूचनाहरु आदानप्रदान गर्न पनि यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नेपालको उद्योग, श्रम र वित्तीय कानूनहरुको विषयमा आवश्यक सल्लाह प्रदान गर्न र नेपाली र फिलिपिनो लगानीकर्ताबीचको समान रुचिहरुको संरक्षण गर्नुपनि संस्थाको उद्देश्य रहेको छ ।

NPCCI-Nepal-3

समान उद्देश्य भएका फिलिपिनोमा आधारित संस्थाहरुसँग सम्बन्ध स्थापित गर्नुका साथै उद्योग, व्यापार, प्रविधि हस्तान्तरण र संयुक्त उपक्रमलाई प्रवर्द्धन गर्न सभा तथा सेमिनारहरु अयोजना गरिने भएको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा ब्लेशी जी. ढकाल, कनिष्ठ उपाध्यक्षमा साल्भासियोन पी. शाक्य, सचिवः लुभिमिन्दा पी. थापा र कोषाध्यक्षमा फ्लोरामी पौडेल रहेकी छिन् । साथै, मारिभिक ए. गुरुङ र एम्मा एल. परियार बोर्ड सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment