Comments Add Comment

दुनियाकै लामो परेला, किन गर्दैछन् कलमी ?

parela
यी व्यक्ति दुनियाको सबैभन्दा लामो परेला भएका व्यक्ति हुन्, यद्यपि उनको नाम गिनिज बुकमा त लेखिसकिएको छैन । उनको आँखाका अस्वभाविक लामा परेला देख्दा जो कोहीलाई पनि आश्चर्य लाग्छ ।

५८ वर्षका यी युक्रेनी पुरुष भ्यालेरी स्म्याग्ली आफुले खाने गरेको एउटा विशेष खानाकै कारण आफ्नो परेला यति लामो भएको दाबी गर्छन् । त्यो त्यो विशेष परिकारको नाम भने उनले गोप्य राख्न चाहन्छन् र कसैलाई पनि अहिलेसम्म बताएका छैनन् ।

आफुले पछिल्लोपटक विशेष प्रकारको गोप्य भोजन गर्न थालेदेखि आफ्नो परेलाको लम्बाइ बढ्न थालेको उनको अनुभव छ । यहीँ परेलाको कारण आफ्नो भाग्य चम्किने विश्वासमा उनी छन् । आफ्नो परेलाले सबैको ध्यान तान्न सफल भएको र खासगरी महिलाहरु आफुप्रति आकषिर्त बनेकोमा उनी मख्ख छन् । तर महिलाहरुले आफ्नो परेलाप्रति गरेको डाहाका कारण आफ्नो गोप्य भोजनको पोल खुल्ने डरले उनले अन्ततः यी लामा परेला काट्ने निर्णय गरेका छन् ।

‘महिलाहरुले सडकमा हिडिँरहेको बेला मलाई रोक्ने र लामो परेलाको राज के हो ? भनेर सोधेर हैरान पार्ने गरेका छन् । मेरा परेला नक्कली नभै साँच्चीकै सक्कली देख्दा उनीहरु इष्र्यालु हुने गरेका छन् ‘, उनी भन्छन् ।

मानिसहरुले आफ्नो कुराप्रति भन्दा आफ्नो लामो परेलाप्रति बढि ध्यान दिने गरेको दुखेसो गर्दै उनले लामो परेलाका कारण आँखाको ढकनी नै सुन्निन थालेको र राम्रोसँग हेर्न पनि अप्ठेरो हुन थालेकाले अब आफुले परेला काटछाँट गर्ने निधो गरेको उनले बताए ।

तर परेला कलमी गर्नुअघि उनी गिनिज बुक अफ वल्र्ड रेकर्डस्को स्थानीय दर्ता कार्यालयमा गएर आफ्नो परेलाको आधिकारिक नापजाँच गरेर रेकर्ड दर्ज गर्ने योजनामा छन् ।

गिनिज बुकको अहिलेसम्मको तथ्यांक अनुसार विश्वको सबैभन्दा लामो परेला ६.९९ सेन्टिमिटर रहेको छ । अमेरिकी स्टुआर्ट मुलर नामका व्यक्तिले सन् २००७ मा आफ्नो बायाँ आँखाको माथिल्लो परेलाको लम्बाइ ६.९९ सेन्टिमिटर कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

आफ्नो आखिभौँ त्यसभन्दा लामो रहेको दाबी भ्यालेरीको छ । युक्रेनको नेसनल रजिस्ट्री अफ रेकर्डस्का निर्देशक लाना भेट्रोभाका अनुसार आगामी हप्ता भ्यालेरीको परेलाको लम्बाइ नापेर आधिकारिक लम्बाइ सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment