Comments Add Comment

मिस्बाह बने विश्वकप खेल जित्ने पाका कप्तान

Misbah-ul-Haq

जिम्बावेविरुद्धको खेल जित्दै पाकिस्तानले विश्वकपमा पहिलो जित हात पार्दा मिस्बाह उलहकले केही रोचक कीर्तिमान बनाएका छन् ।

कप्तानका रुपमा सर्वाधिक रन : खेलमा उनले ७३ रनको महत्वपूर्ण पारी खेलेका थिए । यससँगै उनी सबै फम्र्याटको क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी कप्तान बनेका छन् ।

उनले कप्तानका रुपमा ५७१२ रन बनाए । यसअघि पूर्व कप्तान इमरान खानले कप्तानका रुपमा ५६५५ रन बनाएका थिए ।

४० अर्धशतक, शतक बनेन : मिस्बाहले जिम्बावेविरुद्धको खेलका क्रममा वेन डे इन्टनरेशनलको करियरमा ४० औं अर्धशतक बनाए । अझ रोचक त यो छ कि उनले अहिलेसम्म वन डे इन्टनरेशनलमा शतक बनाउन सकेको छैनन् । वन डेमा उनको ९६ सर्वाधिक रन हो ।

विश्वकप म्याच जित्ने पाका कप्तान : मिस्बाह आइतबार ४० वर्ष २७७ दिनका भए । यससँगै उनी विश्वकपमा खेल जित्ने सबैभन्दा पाका कप्तान बनेका छन् । जिम्बावेविरुद्धको जित सँगै मिस्बाह ४० वर्ष पुरा गरेपछि पनि विश्वकपमा खेल जित्ने पहिलो कप्तान समेत बनेका छन् ।

खेलका क्रममा साहिद अफ्रिदीले पनि केही रोचक कीर्तिमान बनाएका छन् । एक मार्च उनको जन्मदिन हो । आफ्नो जन्मदिनमा विश्वकपमा शुन्य रनमै आउट हुने उनी दोस्रो क्रिकेटर बने ।

यसअघि इयान बेल पनि जन्मदिनमा शुन्यमा आउट भएका थिए ।

यसका साथै अफि्रदी आफ्नो परियरमा ३० औं पटक शून्य रनमै आउट भएका छन् । पाकिस्तानको तर्फबाट खेल्ने क्रममा भने उनी २९ औं पटक शून्यमा पभेलियन फर्किएका हुन् ।

पाकिस्तानकै वसीम अकरम २८ पटक शून्यमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment