Comments Add Comment

मोबाइल बिश्व सम्मेलनमा आइफोन नक्कल गर्नेहरुको दबदबा, नाम र डिजाइनसमेत हुबहु

बर्षको सवैभन्दा ठूलो मोबाइल प्रर्दशनीमा यसपटक एप्पल सहभागी छैन् । तर, स्पेनको बार्सिलोनास्थित फिरा वर्ल्ड कंग्रेस परिसर पुग्दा पुरै वातावरण एप्पलमय लाग्छ ।

प्रर्दशनीस्थलमा डिस्प्लेमा राखिएका बिभिन्न ब्रान्डका नयाँ उत्पादनहरु हेर्दा लाग्छ ती सवै एप्पलका पछिल्ला उत्पादनको नक्कल गरिएका छन वा कम्तीमा प्रभावित छन् । खासगरि एप्पलको आइफोन ६, आइफोन ६ प्लस र आइप्याड एयरको सवैभन्दा धेरै नक्कल भएको देखिन्छ ।

अघिल्लो बर्ष ठिक यसै सयममा भएको मोबाइल प्रर्दशनीमा स्थिति उल्टो थियो । सामसुङका उत्पादनको दबदबा यति धेरै थियो कि सवैजसो उत्पादक सामसुङबाटै प्रभावित देखिन्थे, उसैको नक्कल गरिरहेका हुन्थे ।

तर, एप्पलले केही महिना पहिले ठूलो स्क्रिन साइज भएका दुई नयाँ मोबाइल सार्वजनिक गरेपछि उपभोक्ताले त्यसलाई निकै रुचाए, एप्पलले ऐतिहासिक नाफा आर्जन गर्न सफल भयो ।

एप्पलका नयाँ डिजाइनप्रतिको यही आर्कषणलाई क्यास गर्न कोसिस गरिरहेका छन यतिबेला अन्य मोबाइल उत्पादकहरुले । चिनियाँ उत्पादकहरुमात्र हैन, सामसुङ पनि यो बर्ष एप्पलको पथमा देखिन्छ ।

उसले सोमबार सार्वजनिक गरेको ग्यालेक्सी ६ सेरिजका दुई फोनमा एप्पलले दिएका फिचरलाई नक्कल गरिएको छ ।

तर, प्रर्दशनीमा सहभागी भएका अधिकांश चिनियाँ मोबाइल उत्पादकले त एप्पलको यतिसम्म नक्कल गरेका छन कि कतिपयको नाम र डिजाइनसमेत हुबहु छ ।

हेरौं, एप्पलबाट प्रभावित केही उत्पादनहरु जो यसपटक प्रर्दशनीमा सामेल छन् ।

iPad Air look like from the  Vestel

टर्किस कम्पनी भेसटेलले उत्पादन गरेको यो ट्याबलेट आइप्याड एयरसँग मिल्दोजुल्दो छ ।

This-phone-running-the-Ubuntu-operating-system-has-edges-similar-to-the-iPhone-6

उवुन्टु अपरेटिङ सिस्टमबाट चल्ने यो फोनको डील एप्पलको आइफोन ६ सँग हुबहु मिल्छ ।

this-phone-does-look-a-lot-like-the-iPhone-5

चिनियाँ फोन उत्पादनक हाइसेन्सले आइफोन ६ हैन, आइफोन ५ कै नक्कल गरेर नयाँ फोन सेट बजारमा ल्याएको छ । जेटटीईले आइफोन ६ र सिक्स प्लससँग मिल्दोजुल्दो फोन र फ्याबलेट उत्पादन गरेको छ ।

ZTE-has-a-phone-and-phablet-that-look-like-the-iPhone-6-and-iPhone-6-Plus

जेटटीईले ६ प्लस नाम नै राखेर फोन उत्पादन गरेको छ ।

Here-is-a-phone-from-Lenovo.-The-bottom-looks-similar-to-the-iPhone-6

यो फोनको पिंध हेरेर तपाईंले ठान्नुभयो होला यो आइफोन ६ हो । तर, यो चाहिँ लेनेभोले उत्पादन गरेको नयाँ फोन हो जो ठ्याक्कै आइफोन झैं देखिन्छ ।

Huawei-is-phones-donot-look-like-the-iPhone,-but-the-name-sure-does

हुवावेले पनि आइफोनको डिजाइनमात्र नक्कल गरेको छैन, नाम नै सिक्स प्लस राखेर बजारमा ल्याएको छ ।

-बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment