Comments Add Comment

आइफोन र महंगा एन्ड्रोइडभन्दा कति भिन्न छ सामसुङको नयाँ ग्यालेक्सी ?

samsung-galaxy-s-6-final-22सामसुङले सोमबार सार्वजनिक गरेका ‘ग्यालेक्सी एस ६’ र ‘ग्यालेक्सी एस ६ इज’ डिजाइन र लेआउटमा निकै भब्य देखिन्छन् । मेटल कभर र डिजाइनमा गरेको मेहेनतले ग्यालेक्सीका नयाँ सेरिजलाई आइफोनसँग तुलना गर्न थालिएको छ ।

फिचर र सुबिधाका हिसावले प्रतिस्पर्धी ठानिएका एप्पलका फोन र अन्य एन्ड्रोइड फोन भन्दा कति भिन्न छन त ? उच्च क्षमताका फोन उपभोक्ताहरु के सामसुङका नयाँ सेटप्रति आर्कषिर्त होलान त ?

के-के छन सुबिधा ?

सामसुङले दुबै फोनमा ५.१ इञ्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले प्रयोग गरेको छ । २.१ गीगाहर्ज इक्जाइनस अक्टाकोर प्रोसेसर प्रयोग गरिएको हुँदा स्मार्टफोन उच्च गतिमा चल्नेछ ।

दुबै फोनमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिष्टम र तीन जीबी र्‍याम रहेको छ ।

स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले कम प्रकाशमा पनि उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । दुबै फोनमा क्लिक लञ्च फिचर भएको हुँदा होम बटन थिच्दा ०.७ सेकेन्डमा क्यामेरा खुल्छ ।

एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री रहेको छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको वायरलेस चार्जिङ सपोर्ट हो ।

samsung-galaxy-s-21

samsung-galaxy-s-20

 बिजनेस इनसाइडरले तयार पारेको प्रारम्भिक तुलना यहाँ प्रस्तुत गरिएको छ । तपाईं पनि हेर्नुहोस् र तुलना गर्नुहोस् ।

binuss

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment