Comments Add Comment

सुहागरातमा रातभरि श्रीकृष्णलाई रुंगेर बस्यौ : श्वेता खड्का

shreekrishna-and-sweta

१९ फागुन, काठमाडौ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्काले हनिमुन भनेर झुक्याएर उपचारको लागि अस्पताल गएको बताएकी छिन् । उनको भनाई अनुसार बिहेको अघिल्लो दिन श्रीकृष्णलाई ज्वारोले च्यापेको थियो । ओछयानवाट उठ्नै सकेका थिएनन् ।

अघिल्लो दिन ज्वरो आएकै कारण श्रीकृष्णलाई बिबाह मण्डपमा बस्न निकै गार्‍हो भएको थियो । नयाँ पत्रिकासंग कुरा गर्दै श्वेताले भनेकी छिन् । ‘मेरो सुहागरात बेदनामय भयो । उहाँलाई ब्यथाले च्यापेपछि रातभरि रुंगेर बस्यौं ।’

उपचारका लागि भारत जान लागेको कुरा श्रीकृष्णले गोप्य राखेका थिए । बिहेको भोलीपल्ट उपचारका लागि गएको भन्दा नानाथरि कुरा होला भनेर हनिमुनका लागि गएको भनिएको थियो । उपचारका लागि गएको कुरा मिडियालाई लुकाईएको थियो ।

श्वेताका अनुसार भारतको गंगाराम अस्पतालमा भर्ना भएको केही दिनमै उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । डक्टरले ७० प्रतिशत बाँच्ने सम्भावना छ भनेपछि किमो दिने निर्णय भएको थियो ।

श्रीकृष्णको परिवारको आफ्नै औषधि ब्यबसाय भएकाले श्रीकृष्ण औषधिका वारेमा जानकार थिए । श्रीकृष्णलाई क्यान्सरको औषधिको वारेमा जानकारी नहोस् भन्नका लागि डक्टरहरुले औषधि दिंदा औषधिको खोल फेरेर दिन्थे ।

पहिलो पटकको किमो सफल भएको थियो भने, दोस्रो पटकको किमो दिंदा श्रीकृष्णलाई निकै गार्‍हो भएको थियो । पछिल्लो समय श्रीकृष्णको बोली बन्द भएको थियो उनि ईशाराले कुरा गर्थे । मर्नु अघि नै श्रीकृष्णले दाईसंग भनेका थिए ‘श्वेतालाई धर्म बहिनी बनाएर राख्नुस् है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment