Comments Add Comment

विश्वकपमा गेल, डिभिलियर्स र म्याकुलम सबैभन्दा अगाडि

अष्ट्रलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको विश्वकपका समूह चरणका खेलहरु चलिरहेको छ ।

सोमबारको ब्रेकपछि फेरि खेल सुरु भएको छ । तर, अहिलेसम्म भएको १० रोचक पक्ष यहाँ उल्लेख गर्दैछौं ।

१. समूह बीमा रहेको न्यूजिल्याण्डले चार बटै खेल जितेको छ । उसले उपाधिको बलियो दाबेदार अष्ट्रेलियालाई पनि हराएको छ । समूह एमा रहेको भारतले पनि तीन बटै खेल जितेको छ ।

२. अहिलेसम्म कुल १०६९३ रन ब्याट्सम्यानहरुको ब्याटबाट बनेको छ । ९९५ चौका र १८१ छक्का भएको छ । बलरले ३२८ विकेट लिए ।

Gayle-Final

३. वेष्टइण्डिजका क्रिस गेलले जिम्बावेविरुद्ध केवल १४७ बलमा १० चौका र १६ छक्का हाने । यस क्रममा उनले विश्वकपको पहिलो दोहोरो शतकको कीर्तिमान बनाए । उनले २१५ रन बनाएका थिए ।

४. गेलले मार्लन श्यामुअलसँग दोस्रो विकेटका लागि ३७२ रनको कीर्तिमानी साझेदारी गरे ।

५. वेष्टइण्डिज दक्षिण अफ्रिकासँग कीर्तिमानी २५७ रनले पराजित भयो । यसअघि भारतले २००७ को विश्वकपमा बर्मुडालाई २५७ रनले नै हराएको थियो ।

AB-de-Villiers

६.दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले विश्वकपमा सबैभन्दा कम बलमा १५० रनको रेकर्ड बनाए । यसका लागि उनले मात्र ६४ बल खेलेका थिए ।

७. सबैभन्दा कम बलमा अर्धशतकको कीर्तिमान न्यूजिल्याण्डका कप्तान ब्रान्डन म्याकुलमले इंग्ल्याण्डविरुद्ध बनाए । उनले १८ बलमा ५० रन पुरा गरे ।

Kumar-Sangakkara

८. श्रीलंकाका कुमार सांगाकाराले लगातार दुई शतक हान । उनले इंग्ल्याण्डविरुद्ध अविजित ११७ र बंगलादेशविरुद्ध कविजित १०५ रन बनाए ।

९. भारतले पाकिस्तानलाई पहिलो खेलमै हरायो । विश्वकपमा पाकिस्तानमाथि भारतले सबै खेल जितेको छ । यो छैटौं जित थियो ।

१०. वेष्टइण्डिजविरुद्धको खेलमा पाकिस्तानले मात्र १ रनमा चार विकेट गुमायो । यो वन डे र विश्वकपकै सबैभन्दा खराव सुरुवात थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment