Comments Add Comment

टेक्सासमा पाँच हजार डलर राशीको पुरस्कार कार्यक्रम घोषणा

nepali-hunt-telent

विकाशराज न्यौपाने

टेक्सास । अमेरिकाको टेक्सासमा ‘नेपाली समाज टेक्सास’ तथा ‘न्यू ल प्रोडक्सन’को लगानी तथा ब्यबस्थापनमा नेपालीज टेलेन्ट हन्ट २०१५ हुने भएको छ । जून १३ शनिबार हुने कार्यक्रममा नेपाली युवाहरूको सहभागीता रहने अपेक्षा रहेको नेपाली समाज टेक्ससका महासचिब विजयराज भट्टराईले बताए ।

हरेक बर्ष “समर”को बेला परेर गरिने यो इभेन्टमा सहभागीताका लागि कुनै उमेरले नछेक्ने बताइएको छ । सहभागीले बढी मा ६ मिनेटको समय पाउने र त्यस समय सीमा भित्र रहेर देखाउन सक्ने जुन सुकै प्रकारका कला देखाउन सकिने भट्टराइले बताए । नृत्य, गायन, हास्य, बाद्य बाधन, आर्ट लगायत जुन सुकै विधा सहभागी हुन सकिने छ ।

कार्यक्रममा प्रथम हुनेलार्इ २५ सय अमेरिकी डलर, दोस्रो हुनेलार्इ १५ सय अमेरिकी डलर र तेस्रो हुनेलार्इ एक हजार डलर प्रदान गरिनेछ ।

टेक्ससको ड्यालस शहरको निकै राम्रो ‘ड्यालस कन्भेन्सन सेन्टर’ ड्यालसमा हुने यस कार्यक्रममा अमेरिका भरिबाट १५ सयभन्दा बढीलार्इ सहभागी गराउने लक्ष्य राखिएको न्यू ल प्रोडक्सनका संयोजक रुपेश न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment